काठमाडौँको बिजुलीबजार, हनुमानस्थित दुना टपरी रेस्टुरेन्टमा खानामा किरा भेटिएको छ । बुधबार साँझ खाना खान गएका गा्रहकको भातमा किरा भेटिएपछि रेस्टुरेन्टका स्टाफहरु र सञ्चालकलाई तत्काल खबर गरेका थिए । सञ्चालक दम्पती निकै आक्रोशित भए र खाना खान पुगेका ग्राहकमाथि अभद्र व्यहारमसतेत गरे ।
खानामा किरा भेटिएपछि जिम्मेवारी लिनुपर्छ भन्दा के को जिम्म्मेवा्री लिने भन्दै उल्टै झम्टिए र मादक पदार्थ सेवन गरेको आरोप लगाए । ग्राहकसँग सभ्य व्यवहार गर्नुपर्नेमा उल्टै तथानाम गरेपछि रेस्टुरेन्टको विश्वसनियतामाथि समेत प्रश्न उठेको छ । जे सकिन्छ गर्नुस् भन्दै सञ्चालकद्धय निकै आक्रोशमा आएर झण्डै हातपात गरे । खाना खान पुगेका गाह्रकहरु पत्रकार नै रहेकोले किरा परेको खाना र ग्राहकमाथि अभद्र व्यवहारको भिडियो रेकर्ड गर्न खोज्दा मोबाइल नै खोसेका छन् । खानमा किर भेटिएपछि आफैँले स्टोरमा लगेर चामल देखाउँदा चामलको बोरामा समेत साङला भेटिएको छ ।
एकजना पत्रकारलाई भित्रै थुनेर उनीहरुले सटरसमेत बन्द गरे । आफूहरु नै यस्तो घटनामा परेपछि पत्रकारहरुले काठमाडौँ महानगर, बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, जिल्ला प्रशासन कार्यालय, काठमाडौँलाई तत्काल खबर गरे । केही छिनमा महानगरको टोली आयो । रेस्टुरेन्ट सञ्चालकले आफैँ नेपाल प्रहरीलाई बोलाए । र, बिहीबार बिहान बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागसमेतको उपस्थितमा रेस्टुरेन्ट अनुगमन गर्ने सहमति भयो ।
बिहीबार बिहान बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले रेस्टुरेन्टमा रहेको किचेन अव्यवस्थित पाएको छ । सञ्चालकहरु दशैँको लागि घर गएको भन्दै उनीहरुका आफन्त आएपछि विभागले सचेत गराएको छ । खानामा किरा भेटिएको र किचनसमेत मापदण्डमा नरहेकाले दशैँपछि कार्यालय खुलेको ३ दिनभित्र सञ्चालकलाई जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन तोकता गरिएको छ ।
बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले २ देखि ३ लाखसम्म जरिवाना हुने बताएको छ । विभागका कर्मचारीसँग यस बिषयमा प्रतिक्रिया लिन खोज्दा बोल्न मानेनन् ।
* समाचार प्रकाशन तथा प्रसारण भएपछि रेस्टुरेन्ट सञ्चालक विवेक बाँनियाले समाचारमा खाद्यान्न गुणस्तरहीन रहेको भनिएकोमा आपत्ति जनाएका छन् । उनले चामल मात्र गुणस्तरहीन रहेको भनेकोमा सच्याइएको छ ।
हेर्नुहोस् भिडियो रिपोर्टः