प्राकृतिक तथा सांस्कृतिक रुपमा धनी सुन्दर सुदूरपश्चिमको धनगढीमा जन्मिएका सफल युवा निर्देशक हुन् ईश्वर अवस्थी उर्फ ओम प्रकाश अवस्थी । जो विगत ८ बर्षदेखि म्युजिक म्युजिक भिडियो, चचलिचत्र, टेलिचलचित्र, डकुमेन्ट्री जस्ता भिडियो निर्माणका काममा क्रियाशील छन् ।
विगत ५ बर्षदेखि आफ्नै लालटिन पिक्चर्स नामक प्रोडक्सन हाउस चलाइरहेका अवस्थी यो क्षेत्रमा प्रवेश गर्ने युवाहरुका लागि प्रेरणाका स्रोत पनि हुन् । मुख्यतः निर्देशन, छायाङ्कन र सम्पादन उनको प्राथमिकतामा पर्छ ।
चाँडै ठूलो पर्दाको चलचित्र छायाङ्कनको तयारीमा रहेको उनले बताए । ‘सुदूरपश्चिम प्राकृतिक र सांस्कृतिक रुपमा धनी भएपनि गुणस्तरीय भिडियो निर्माणको कमी छ । यसको लागि सुदूरपश्चिमलाई विशेष प्राथमिकता दिने मेरो योवजना छ’, उनी भन्छन् ।
उनले चर्चित कलाकार तथा गायक मदनकृष्ण श्रेष्ठ, अञ्जु पन्त, वेनिशा हमाल लगायतले स्वर भरेका तथा अभिनय गरेका दर्जनौँ म्युजिक भिडियो निर्देशन तथा छायाङ्कन गरेका छन् ।
हालसालै फिल्मी शैलीमा निर्माण भइरहेको पूर्णिमा एक अधुरो सपना सिरिज उनी आफैले निर्देशन तथा सम्पादन गरिरहेका छन् । उनी कथानक भिडियो निर्माण गर्न रुचि राख्छन् ।