नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समेत सहभागि रहेको बेला राज्य व्यवस्था समितिको बैठकमा एमाले सांसदले शेरा दरबारको बारेमा जानकारी गराउनुपर्ने माग गरेका छन्।
बिहीबार बसेको समितिको बैठकमा एमाले सांसद बासुदेव घिमिरेले शेरा दरबार र त्यसले चर्चेको जग्गाबारे गृहमन्त्रीसँग जानकारी मागेका हुन्।
राज्य व्यवस्था समितिमा भ्रष्टाचार निवारण ऐन २०५९ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा हृदयराम थानी संयोजकत्वको उपसमितिले बुझाएको प्रतिवेदनमा छलफल हुँदै छ ।