नेविसंघ नेशनल ल कलेज इकाईले प्रजातन्त्र दिवसको अवसरमा दिप प्रज्वलन गरेको छ। सानेपास्थित कलेज प्राङ्गणमा नेविसंघ केन्द्रीय सदस्य बिनोद राज जोशी, नेशनल ल कलेज काउन्सिल सभापति रिजन नरसिंह केसी, नेविसंघ नेशनल ल कलेज इकाई सभापति सन्जित खड्का लगायतको उपस्थितिमा दिप प्रज्वलन गरिएको हो ।
यस्तै, नेपाल विद्यार्थी संघ नेसनल ल कलेजले भारतको उडिसास्थित कलेज अफ इण्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा तेस्रो वर्षमा अध्ययनरत बुटवलकी प्रकृति लम्साल आत्महत्याको सत्यतथ्य छानबिन गर्न माग गरेको छ । नेविसंघ नेसनल ल क्याम्पसले प्रकृति लम्सालको न्यायका लागि मृत्युबारे निष्पक्ष र स्वतन्त्र अनुसन्धान गर्न, दोषी विद्यार्थी र लापरबाही गर्ने विश्वविद्यालय प्रशासनविरुद्ध तत्काल कानूनी कारबाही गर्न र केआईआईटी तथा भारतका अन्य शिक्षण संस्थामा नेपाली विद्यार्थीहरूको सुरक्षाका लागि आवश्यक सुरक्षा उपायहरू अपनाउन माग गरेको छ ।