महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले सरकारले संविधानको मर्म अनुरूप महिलाको विकास र सशक्तीकरणका लागि उच्च प्राथमिकताका साथ काम गरिरहेको बताउनुभयो ।
अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा ‘साथी’ नामक संस्थाले बिहीबार आयोजना गरेको गोष्ठीको उदघाटन गर्दै उहाँले राष्ट्रिय मानवअधिकार आयोग, राष्ट्रिय महिला आयोग, राष्ट्रिय समावेशी आयोग, आदिवासी तथा जनजाति आयोग, दलित आयोग र अन्य संवैधानिक व्यवस्था गरी महिला, दलित तथा आदिवासी जनजातिको विषयलाई उच्च प्राथमिकता दिँदै कार्यान्वयनमा लैजानुपर्ने बताउँनुभयो ।
उहाँले महिला, बालबालिका, जनजाति लगायतको समस्या जटिलछ । यसको सुधार सरकार एक्लैले गर्न सक्दैन । सबैको साथ र सहयोगबाट मात्र सुधार सम्भव छ भन्नुभयो । जेनेभामा फेब्रुअरी ३ देखि ४ सम्म भएको सिडको ९० औं सत्रमा नेपालको तर्फबाट प्रस्तुत गरिएका ३ वटा प्रतिवेदनमा महिला बिरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मुलन गर्न आफु प्रतिबद्ध रहेको मन्त्री सुडीले जानकारी गराउँनुभयो ।