नेपालका तत्कालिन राजा ज्ञानेन्द्र वीरविक्रम शाह सदा जस्तै आज पनि नेपालका विभिन्न स्थानको भ्रमण सकेर पोखरामा आईपुगेका छन् । उनि जाहा जादा पनि नागरिकले स्वागत गरेको देख्न सकिन्छ । पछिल्लो समय नेता नागरिकबाट तिरस्कृत बन्दै गएका घटना बाक्लिदो रुपमा देखिन्छ । जनताको समस्याका आवाज सहजै उठाउने कर्तव्यबाट जनप्रतिनिधि विमुख भएका कारण आम नागरिकले उनिहरुलाई रुचाउन छाडेका हुन । यसकै फाईदा लिदै राजतन्त्रका पक्षधरहरुले फागुन २५ गते पोखराबाट काठमाडौं आउदै गरेका तत्कालिन राजा ज्ञानेन्द्रको स्वागतका लागि सक्दो नागरिकको उपस्थिति गराउने भएका छन् ।
कुनै पनि व्यक्तिको स्वागत गर्नु आफैमा नराम्रो होईन तर राजाको स्वागतमा दशहजार मानिस उपस्थितिहुने आकलन गृह मन्त्रालयलेनै गरेको छ । जुन आकलन गलत पनि हुन सक्छ र त्यो भन्दा अधिक मानिसको उपस्थिति पनि हुनसक्छ । तर फागुन २५ गतेको उपस्थित भिडले राजाको लोकप्रियता कति छ भन्ने कुरा थाहाँ हुन्छ । यहाँ बिचार गर्नुपर्ने कुरा के छ भने, गणतन्त्रमा राजाको अभाव हुने अवस्था कस्ले सिर्जना गर्यो ? यसको जवाफ खोज्न ढिला गर्न हुदैन । यति मात्र हैन, २००७ साल देखि विभिन्न परिवर्तनको नाममा नेपालि जनताले भोग्नु परेका दुख कष्टको पनि हिसाब किताब गर्नु पर्छ ।
विश्वको उन्नत व्यवस्था नेपालि समाजमा भित्रिएको लगभग २० वर्ष भयो । यो कुरा आम नागरिकलाई राम्रोसँग थाहाँ छ । तर पनि ‘राजा आउँ देश बचाउँ’ भन्ने नारा चर्को स्वरमा सुनिन्छ । नेता जता गयो तेतै बहिष्कारमा पर्ने र मुर्दावादका नाराको सामना गर्नु पर्ने स्थिति देखिन्छ । हिजोका दिनमा यो देशको मुख्य शत्रु राजा हो, भनेर जस्ले भाष्य निर्माण गरो आज त्यहि महाशत्रु रहेेछ भन्ने नगरिकको बुझाई भईसकेको छ । यस्ता बिकसित घट्नाबाट के थाहाँ हुन्छ भने, कुनै पनि तन्त्र वा वाद आफैमा खराब हुदैनन् । खराब त व्यवस्थालाई संचालन गर्ने व्यक्तिमा हुनेरछ ।
कर्तव्यबाट विमुख जनप्रतिनिधिका कारण तत्कालिन राजाको बढ्दो लोकप्रियता
कर्तव्यबाट विमुख जनप्रतिनिधिका कारण तत्कालिन राजाको बढ्दो लोकप्रियता

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु