ददिराम बुढाथोकी, काठमाडौँ । गएको पछिल्लो निर्वाचन देखिनै स्थापित नेताहरु जनताबाट बहिष्कारमा पर्दै आएका छन् । जसका कारण नामै थाहा नभएका व्यक्ति मेयर, सांसद र मन्त्रि सम्म भए । जनताले नेताहरुलाई सुध्रिन पटक पटक मौका दिरहेका छन तर उनिहरुले बेवस्ता गरि भ्रष्टको संरक्षणमा लागि परेका घट्ना थुप्रै छन् । जनताले सुशासन खोजेका थिए तर सरकार काण्डमा रमाउन व्यस्त भयो । त्यस्ता प्रतिनिधि काण्डका रुपमा यत्ती ओमिनि, वाईडबडी, भुटानी शरणार्थी काण्ड आदिलाई हेर्दा हुन्छ । भन्ने भनाई विभिन्न राजनितिक विश्लेषकहरुले भन्दै आएका छन ।
हजारौं जनताको बलिदानले ल्याएको गणतन्त्र खतरामा परेको विज्ञहरुले आकलन गरेका छन् । जनताको चाहाना र देशको आवश्यकता अनुसार काम गर्न नसक्दा व्यवस्था माथि नै प्रश्न उठिरहेको छ ।
भर्खरै मात्र राजनितिक संकटमा परेको बङ्गलादेशलाई सुझाब दिने नेता आफ्नै मुलुकको बिग्रदोअवस्थाका बारेमा बेखबर जस्तै देखिन्छन् । जानकारका अनुसार यो अवस्था नेताहरुकै गतिबिधिका कारण उत्पन्न भएको हो, भन्ने छ । अब फेरि राजतन्त्र फर्कियो भने गणतन्त्र नेपाली जनतालाई झुक्याएर ल्याएको व्यवस्था रहेछ । भन्ने कुरा स्पष्ट हुने स्वतन्त्र व्यक्तिहरुको भनाई रहेको छ ।
राजावादीहरुका अनुसार फागुन २५ गतेनै राजाको स्वागतमा जनसागर उतार्ने र सरकारलाई दबाब दिने योजना रहेको छ । आज सम्म राजतन्त्र पक्षधरहरुले छुट्टा छुट्टै छिट फुट कार्यक्रम गर्दै आएका थिए । २५ गते भने सके सम्म सबै एकै ठाउँ उभिने योजना राजा पक्षधरहरुको रहेको छ ।
जनताले सुशासन खोजेका थिए तर सरकार काण्डमा रमायो
जनताले सुशासन खोजेका थिए तर सरकार काण्डमा रमायो

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु