काठमाडौं । भारतले पाकिस्तानी विमानहरूका लागि आफ्नो हवाई क्षेत्र बन्द गरेको छ । समाचार एजेन्सी पीटीआईका अनुसार यो बन्द १ मे देखि २३ मे सम्म लागू हुनेछ । यस सम्बन्धमा बुधबार साँझ एयरपोट्र्स अथोरिटी अफ इण्डिया (एएआई) ले एक नोटम (नोटिस टू एयरमेन) जारी गरेको छ ।
नोटाम एक प्रकारको औपचारिक सूचना हो, जसमा नागरिक उड्डयन प्राधिकरणले हवाई क्षेत्र, विमानस्थल, नेभिगेसन प्रणाली, वा उडान सुरक्षासँग सम्बन्धित कुनै अस्थायी परिवर्तन, प्रतिबन्ध, जोखिम वा कार्यहरूबारे पाइलटहरू, एयरलाइन्स र एयर ट्राफिक कन्ट्रोललाई जानकारी गराउने गरिन्छ । पाकिस्तानी एअरलाइन्सहरूले सिङ्गापुर, मलेशिया र अन्य पूर्वी एशियाली देशहरूमा उडानका भारतीय हवाई क्षेत्र प्रयोग गर्छन् ।
अप्रिल २२ मा पहलगाम आक्रमण भएको एक दिनपछि भारतले पाकिस्तानविरुद्ध धेरै कदम चालेको छ । यसमा सिन्धु जल सन्धि निलम्बन गर्ने, अटारीमा रहेको एकमात्र सञ्चालन योग्य भूमि सीमा नाका बन्द गर्ने र कूटनीतिक सम्बन्धलाई घटाउने समावेश छ ।
यसको जवाफमा पाकिस्तानले भारतीय विमानका लागि आफ्नो हवाई क्षेत्र बन्द गर्दै तेस्रो देशमार्फत् भारतसँगको सबै व्यापार सम्बन्ध निलम्बित गरेको छ । सिन्धु जल सम्झौतालाई लिएर पाकिस्तानले यदि पानी रोकियो भने त्यसलाई युद्धको सुरुवात मानिने चेतावनी दिएको छ ।