वर्षासँगै सफा बनेकाे वायुमण्डलमा फेरि तुवाँलाे लाग्न थालेकाे छ। बुधबार बिहान काठमाडाैं उपत्यकासहित मुलुकका कयाैं क्षेत्रमा तुवाँलाे लागेकाे छ। माैसम पूर्वानुमान महाशाखाले बिहीबार पनि तुवाँलाे लाग्न सक्ने आँकलन गरेकाे छ।
बुधबार देशभर आंशिकदेखि सामान्य बदली रहने छ। सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्विनी प्रदेशका धेरै र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएकाे छ।
महाशाखाका अनुसार बुधबार राति सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना छ। बिहीबार दिउँसाे पनि सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानमा क्षणिक वर्षाको सम्भावना छ।