हेटौंडा ।बागमती प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।
प्रदेश सरकारको सरकारी कामकाजको भाषा सबन्धी दिवसको अवसरमा बागमती प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको बागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार गत चैत २१ गतेको निर्णय अनुसार आज सार्वजनिक बिदा दिइएको मन्त्रालयकी सूचना अधिकारी रबिता अधिकारीद्धारा हस्ताक्षरित सूचनामा जनाइएको छ ।