काठमाडौंं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले समयसमयमा विद्युत् आपूर्ति बन्द हुनुका कारणबारे सरकारको ध्यानाकर्षण गराएका छन् उनीहरूले विद्युत आपूर्तिमा देखिएको समस्या तत्काल समाधान गरी नियमित आपूर्तिका लागि सरकारसँग माग गरेका हुन्।
प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिव नेपालीले भने, “अहिले घरघरमा अध्याँरो भइरहेको हुन्छ, बत्ती झ्यापझ्याप गइरहेको छ, यसका कारणबारे जानकारी गराइ यथाशीघ्र समस्या समाधान गर्न आग्रह गरेका छन् ।
- नेकपा (माओवादी केन्द्र)का सांसद दुर्गा राईले झ्यापझ्याप जानु सरकारको आयुको संकेत हो भनेर प्रश्न गरेकी छन् ।
- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद सूर्यमान तामाङ (दोङ) ले विद्युत प्राधिकरणको लापरबाहीका कारण विद्युत क्षेत्रमा काम गर्ने कामदारको अनाहकमा मृत्यु भइरहेको उल्लेख गर्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले काभ्रेपलाञ्चोकमा विद्युत जडानका क्रममा उमेश परियारको करेन्ट लागेर मृत्यु भएको घटनाप्रति सरकारको ध्यानाकर्षण गराएका छन्।
- नेकपा माओवादी केन्द्रका सांसद रणेन्द्र बरालीले केही दिनअघि विद्युत् मर्मतका क्रममा करेन्ट लागेर मृत्यु भएका २८ वर्षीय उमेश परियारको परिवारलाई उचित राहत र क्षतिपूर्ति दिलाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
उनीहरूले विद्युत आपूर्तिमा देखिएको समस्या तत्काल समाधान गरी नियमित आपूर्तिका लागि सरकारसँग माग गरेका हुन्।