हेटाैंडा । मकवानपुरको हेटाैंडा र काठमाडाैं जाेड्ने कान्ति लाेकपथ सडकखण्ड अवरुद्ध भएकाे छ । गएरातिको वर्षाका कारण बागमती खोलाको डाइभर्सन बगाएपछि सडक अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
बगुवा खाेलास्थित बागमती पुलकाे एक भाग गत असाेजमा आएकाे भिषण बाढीले बगाएकाे थियाे । पुलकाे मकवानपुरतर्फकाे भाग बगाएपछि डाइभर्सनबाट सडक सञ्चालन भइरहेकाे थियो । मकवानपुरको भिमफेदी गाउँपालिका ८ र ललितपुरको बागमती गाउँपालिका २ स्थित दुई जिल्लाको सिमाना रहेको बागमती खोलामा बनाइएको डाइभर्सनबाट सवारी साधन आवत जावत गर्दै आएका थिए।डाइभर्सन बगाएको स्थानमा प्रहरी टोली पुगेको र अवरूद्ध सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।