काठमाडौं। ‘प्रतीक ढकाल नियात्रा सौरभ’ २०८२ सालका लागि दार्जिलिङका नियात्राकार सलोन कार्थकलाई प्रदान गरिएको छ ।जयन्ता–पवित्रा ढकाल स्मृति कोषद्वारा उक्त पुरस्कार स्थापना भएको हो ।
कार्यक्रममा ‘प्रतीक ढकाल कीर्तिमानी यायावर पुरस्कार’ नगद राशि ५१ हजारसहित प्रदीप खनाललाई प्रदान गरियो ।
पर्वतीय साहित्य समाजले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि अग्रज नियात्राकार घनश्याम राजकर्णिकारलगायतले कार्थकलाई उक्त पुरस्कार प्रदान गरे ।