दुग्ध उत्पादन, किसानको आय आर्जनको लागि व्यवसायीक भैसिपालनका लागि गुल्मी जिल्लाको धुर्कोट गाउँपालिकाले किसानलाई भैसी वितरण गरेको छ । गाउँपालिकाले वडा नं. ४ मा ५० जना कृषकहरुलाई भैसी बितरण गरेको हो । गाँउपालिकाले सुरु गरेको भैसी वितरणको पहिलो चरणमा २४ जना कृषकहरुलाई भैसि वितरण गरेको छ ।
बाँकी २६ जना कृषकलाई अबको एक साता भित्र वितरण गर्ने भएको छ । धुर्कोट गाउँपालिका वडा नं. ४ बाट १ लाख ५० हजार संघीय शसक्त कार्यक्रम अन्तरगत भैसी पर्वद्धन मार्फत २१ लाख ७० हजार गरी कुल २३ लाख २० हजारको लगानी रहेको छ । वितरण गरीएका २४ वटा भैसिहरुको बीमा पनि गरी सकिएको छ ।
भैसि वितरण गरीसकेपछि किसानहरुलाई गोठ व्यावस्थापन कसरी गर्ने, भैसि कसरी पाल्ने, घाँसको व्यवस्था कसरि गर्ने भन्ने विषयमा तालिमको समेत आयोजन गर्ने गाउँपालिकाका पशुविकास शाखा प्रमुख श्याम कार्किले जानकारी दिएका छन्। भैंसी पाएपछि किसान खुसी भएका छन् । गाउँपालिकाले दिएका भैसी किसानले ३ वर्ष सम्म बेच्न पाउने छैनन् ।