म्याग्दी । प्रधानमन्त्री केपी शर्मा ओली म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ आएका छन् ।अन्नपूर्ण हिमाल आरोहण भएको ७५औं वार्षिकोत्सवका अवसरमा अन्नपूर्ण गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओली यहाँ आएका हुन् ।अन्नपूर्ण हिमाल आरोहणको हीरक महोत्सवका अवसरमा मंगलबार अन्नपूर्ण गाउँपालिकाले अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा आयोजना गरेको समारोहमा प्रधानमन्त्री ओलीले हिमाल आरोहणको जोखिम घटाउन सरकारले काम गरिरहेको बताए ।