काठमाडौं । मंगलबार सेयर बजारका सबै सूचक घटेका छन् । नेप्से परिसूचक ३५.७३ अंक (१.३२ प्रतिशत) घटेको छ । सो अंकको कमीपछि नेप्से २६५८.९३ मा अडिएको छ ।अघिल्लो दिन नेप्से परिसूचक १.६० अंकले बढेर २६९४.६६ विन्दुमा पुगेको थियो। सो दिन ९ अर्ब माथिको सेयर कारोबार भएको थियो।
आज सबै समूहको शेयर घटेकोमा बैंक समूहको शेयर २ दशमलव ३४ प्रतिशत र होटल समूहको शेयर २ दशमलव १२ प्रतिशतले ओरालो लागेको छ ।३४ कम्पनीको सेयर मूल्य बढेको छ । २१४ कम्पनीको सेयर मूल्य घटेको छ । पियोर इनर्जीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । ओम मेगाश्री फर्मास्युटिकल्सको सेयर मूल्य ९.९४ प्रतिशतले बढेको छ ।
आज सप्तकोशी विकास बैंकको शेयर सबैभन्दा धेरै झन्डै साढे ४ प्रतिशतले घटेको छ । बजार उच्च अङ्कले घटेको दिन प्योज इनर्जी कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।
कारोबारमा आएका १३ वटै समूहको परिसूचक घटेको छ ।