नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) लिमिटेडले निक्षेप तथा कर्जा तर्फ नयाँ ब्याजदर तोकेको छ । तोकिएको नयाँ ब्याजदर अनुसार निक्षेपमा संस्थागत तर्फ ५ देखि १० वर्ष समयावधिका निक्षेपकर्ताको लागी ६.५० प्रतिशत र १० वर्ष भन्दा माथि समयावधिको लागी ६.६० प्रतिशत ब्याजदर तोकेको छ ।
यस्तै व्यक्तिगत निक्षेप तर्फ दुबै समयावधिको लागी ७.२५ प्रतिशत ब्याजदर कम्पनीले तोकेको छ । कम्पनीले कर्जा तर्फ पनि नयाँ ब्याजदर तोकेको छ । कर्जामा कम्पनी ९ प्रतिशत देखी ११.५० प्रतिशत सम्म ब्याजदर लिने गरि नयाँ ब्याजदर कायम गरेको छ ।
यो पनि पढ्नुहोस् : युवा अवस्थामै सेयरबजारमा प्रबेश गरेका रोहन कार्की पेशाले सिभिल इन्जिनीयर हुन् । मोरङमा बसेर ७ बर्ष देखि निरन्तर सेयरमा लगानी गर्दै आएका कार्कीले इन्जिनियरिङ्ग पेशाबाट भन्दा सेयरमा गरेको लगानीबाट बढि मुनाफा हासिल गरेको बताउछन् ।
नेपालको सेयर बजार अहिले युवा अवस्थामा रहेकाले यो बेला कमाउन सक्ने प्रचुर संभावना छ तर संभावना हुँदा हुँदैपनी अध्ययन बिना हल्लाकै भरमा गरिने लगानीले भने केहि जोखिम बढ्न सक्ने भएकाले सुझबुझका साथ अध्ययन गरेर मात्र सेयरमा लगानी गर्नुपर्ने उनको तर्क छ ।
नेपालमा अहिले अनलाइन प्रविधीको विकास संगै कोरोनाका कारण लगानीका अन्य क्षेत्रहरु बन्द हुँदा सेयर बजारमा आकर्षण बढेको बताउछन् उनि । बजारको साइकलमा बियरिस पछि बुलिस र बुलिस पछि बियरिस ट्रेन्ड आँउछ तर नेपाल अब पहिलेको जस्तो बियरिस ट्रेन्ड भने नआउने बताउछन् उनि ।
बियरिस ट्रेन्डमा कम्पनीको आधारभुत र प्राविकधिक पक्षहरुको बिश्लेषण गरेर लगानी गर्न सकेमा सबै लगानीकर्ताहरुले कमाउन सक्ने उनको तर्क छ । बिश्लेषण गरेर लगानी गर्नसकेमा कमाउन नसकेता पनि कहिल्यैपनि घाटा भने खान नपर्ने उनको तर्क छ ।
मोफसलमा बसेर लगानी गर्दा काठमांडौमा हुने हल्लाका बारेमा थाहा नहुने बताउछन् उनि ।
हल्लाका कारण क्षणिक मुनाफा हासिल गर्न सकेपनी दिर्घकालिन रुपमाभने त्यसले फाइदा नगर्ने उनको तर्क छ । अहिले केहिहद सम्म नेपालको सेयर बजारमा चलखेलको गन्ध आएको बताउदै उनि यो पुँजीबजारका लागि चिन्ताको बिषय रहेको बताउछन् । यस्तो
चलखेलमा प्राय सधै नयाँ लगानीकर्ताहरु फस्ने भएकाले नयाँ लगानीकर्ताहरु सजग हुनुपर्ने उनको सुझाव छ । नयाँ लगानीकर्ताहरुले कुनै पनि कम्पनीमा लगानीगर्नु पुर्व कम्तिमा पनि कम्पनीको प्रतिसेयर आम्दानी,पिई रेसियो, कम्पनीको नेटवर्थ र कम्पनीको लाभांश इतिहास हेरेर लगानी गर्नसकेमा त्यो लगानी सुरक्षित हुने उनको तर्क छ ।
कतिपय हाल सम्म लाभाशंनै वितरण नगरेका कम्पनीहरुको पनि सेयर मूल्य उच्च भएको भन्दै उनले यो सेयरबजारमा चलखेल गर्ने खेलाडीका कारण भएको बताउछन् । बजारमा कम्पनीको मूल्य यति पुग्दैछ भनि हल्ला चलायर विभिन्न समूहरुले चलखेल गरिरहेको उनले बताए ।