आज विहानैदेखि देशका पहाडी र हिमाली क्षेत्रका धेरै स्थानमा तथा पश्चिम तराईमा वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी र स्थानीय वायूले प्रभावका कारण रातीबाट ठूलो प्रणाली विकास भएको र त्यसले विहानैदेखि वर्षा गराएको हो ।
त्यसाे त काठमाडाैं उपत्यकामा हिजाे विहानैदेखि बदली थियाे भने केहि स्थानमा छिटफूट वर्षासमेत भएकाे थियाे । ‘स्थानीय वायुसहित अरेवियन सागरबाट आएको वाष्पसहितको वायूले यो क्षेत्रमा वर्षा गराएको हो,’ मौसमविद् बरुण पौडेलले भने, ‘विहानदेखि अहिलेसम्म पानी पर्ने क्रम धेरै कम भइसकेको छ ।
दिउँसो पानी पर्दैन तर धुम्म बादल भने देशभरि नै रहनेछ ।’ आज राती भने सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्चपहाडी क्षेत्रमा पुनः वर्षा हुनसक्ने अनुमान पौडेलले गरेका छन् । अन्य स्थानमा मौसममा सुधार हुँदै जानेछ । भोलिसम्ममा मौसममा पूर्ण सुधार भइसक्ने र घाम लाग्ने उनले बताएका छन् ।