पतञ्जली जग्गा हिनामिना प्रकरणमा पूर्व प्रधानमन्त्री नेपालमाथि १८ करोड बढीको भ्रष्टाचारका मुद्दा दर्ता राजनीतिक प्रतिशोधबाट भएको निष्कर्ष निकालेको हो। उनले पहिला अख्तियारले नै कुनै पनि नीतिगत निर्णय अख्तियारको क्षेत्राधिकारबाहिर भएको भन्दै ललिता निवास प्रकरणमा लेखेको चिठी आफैले हेरेको बताए ।तर अहिले त्यही अख्तियारले माधव नेपालमाथि नीतिगत निर्णयमा प्रवेश गरेको भन्दै अब अख्तियारले जवाफ दिने विश्वास व्यक्त गरे।सरकारको नीतिगत निर्णयमा अख्तियारले मुद्दा लगाए पछि निकै गम्भिरू रूपमा प्रश्नचिन्ह खडा भएको पनि उनको भनाइ छ ।
त्यस्तै प्रतिपक्ष दलहरूले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गर्ने निष्कर्ष निकालेको पनि जानकारी गराए । भिजिट भिसा प्रकरणको छानबिनका लागि सरकारको प्रतिबद्धता आए पछिल्लो राजनीतिक घटनाक्रमलाई सकारात्मक ढंगले टुंग्याउन सकिने उनको भनाइ छ ।