काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिका–६ स्थित बाम्का बजारमा लागेको आगलागीले बजार क्षेत्र ध्वस्त भएको छ ।जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार ग्यास सिलिन्डर पड्किएर आगलागी भएको हो । दिउँसो ४ बजे लागेको आगो अझै नियन्त्रणमा आएको छैन । बाजुरा बुढीगंगा नगरपालिकाका मेयर रामबहादुर बानियाँले आगलागीबाट ठूलो क्षति भएको बताए । एक लाइनमा करिब ३०-३५ पसल थिए ।
ती पसलमा आगलागीबाट क्षति भएको उनले बताए । मानवीय क्षति नभए पनि ठूलो धनमालको क्षति भएको बताइएको छ ।