२०७२ वैशाख १२ गते विनाशकारी भू’कम्प गएको ६ वर्ष भएको छ । भूकम्पले निजी आवास, सार्वजनिक भवन, राष्ट्रिय सम्पदाजस्ता भौतिक संरचनामा ठूलो क्ष’ति पुगेको थियो । करिब ८ हजार मानिसको ज्या’न ग’एको थियो ।
भू’कम्पले क्ष’तिग्र’स्त भौतिक संरचनाहरुको पुनर्निर्माणका लागि बनेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको पनि पाँच पूरा भई एक वर्ष म्याद थपिएको छ । थपिएको म्याद पनि आगामी पुसमा पूरा हुनेछ । भू’क’म्पले देशभरका करिब ३५ हजार सामुदायिक विद्यालय मध्ये ३१ जिल्लाका ९ हजार ५५२ विद्यालयमा आंशिक तथा पूर्ण क्षति पुगेको थियो ।
पुनर्निर्माण प्राधिकरणले विद्यालयहरुलाई आंशिक तथा पूर्ण क्ष’तिग्र’स्तमा वर्गीकरण गरी तथ्यांक संकलन गरेको थियो । जसमध्ये पुनर्निर्माण हुनुपर्ने ३३७ विद्यालय अर्को विद्यालयमा गाभिए भने १५३ विद्यालय सधैँका लागि बन्द भए । प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (शिक्षा) का सूचना अधिकारी प्रकाश महर्जनका अनुसार प्राधिकरणले जम्मा ९ हजार ७२ विद्यालयको पुनर्निर्माण अघि बढाएको थियो ।
पाँच वर्षमा ३ हजार २४१ विद्यालय पुनर्निर्माण सम्पन्न भएको उनले बताए । सबैभन्दा धेरै विद्यालय धादिङ जिल्लामा पुनर्निर्माण भएका छन् । धादिङका ५८८ विद्यालयमा क्ष’ति भएको थियो । यीमध्ये तीन वटा विद्यालय गाभिए, दुई वटा सधैँका लागि बन्द भए । पुनर्निर्माण गर्नुपर्ने ५८३ विद्यालय भवनमध्ये २७३ वटाको काम सम्पन्न भएको छ । बाँकी २५१ वटा पूरा हुने चरणमा छन् ।
भू’क’म्पले सबैभन्दा धेरै क्ष’ति पुर्याएको गोर्खामा पनि धेरै विद्यालय पुनर्निर्माण भएका छन् । गोर्खामा ५१७ विद्यालयमा क्षति पुगेकोमा ९१ वटा विद्यालय गाभिए । पुनर्निर्माण हुनुपर्ने ४२६ विद्यालयमध्ये २०४ वटाको काम पूरा भएको छ । बाँकी २०१ विद्यालय निर्माणाधीन छन् ।
सूचना अधिकारी महर्जनका अनुसार काभ्रे जिल्लाका १०५, मकवानपुरका २२४, ललितपुरका ५९, काठमाडौँका ५०, नुवाकोटका २५०, ओखलढुङ्गाका १३० गरी ३१ जिल्लाका ३ हजार २४१ विद्यालयको पुनर्निर्माण सम्पन्न भएको छ । प्राधिकरणले विभिन्न गैरसरकारी संस्थाहरुको सहयोगमा विद्यालय पुनर्निर्माण अघि बढाएको थियो ।
प्राधिकरणले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुमार्फत ६०८ विद्यालयको पुनर्निर्माण पूरा गरेको छ, १८२ विद्यालय निर्माणाधीन छन् । त्यस्तै निर्माण व्यवसायी कम्पनीहरुमार्फत प्राधिकरणले २५६ विद्यालयको पुनर्निर्माण सम्पन्न गरेको छ, ४७१ विद्यालय निर्माणाधीन छन् ।
प्राधिकरणको ‘जिल्ला परियोजना कार्यान्वयन शिक्षा इकाइ’ मार्फत १ हजार ७१३ विद्यालयको पुनर्निर्माण सम्पन्न भएको छ । तीन हजार ४२० विद्यालय भवन निर्माणाधीन छन् । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमार्फत ६६४ विद्यालय पुनर्निर्माण भएका छन्, २३९ विद्यालय निर्माणाधीन छन् । हाल निर्माणाधीन विद्यालयको संख्या ४ हजार ३१२ छ, ३ हजार २४१ वटाको निर्माण पूरा भएको छ ।
पुनर्निर्माणको काम पाँच वर्ष पूरा भए पनि अझै १५ सय विद्यालयले पुनर्निर्माण कार्यक्रम पाएका छैनन् । पुनर्निर्माणको कार्यक्रम नपाउनेमा मकवानपुर जिल्लाका विद्यालय धेरै छन् । मकवानपुरमा यस्ता विद्यालय १३५ वटा छन् । काठमाडौँ जिल्लाका ११६ वटा, काभ्रेका १०५ वटा, सिन्धुलीका ११७ वटा, गुल्मीका १२४ वटा, सोलुखुम्बुका ७० वटा, भोजपुरका ८६ वटा विद्यालय लगायत ३१ जिल्लाका १ हजार ४९५ विद्यालयले हालसम्म पुनर्निर्माणको कार्यक्रम नपाएको प्राधिकरणले जनाएको छ ।
क्ष’तिको विवरण समयमा नपठाएका विद्यालयले पुननिर्माणको कार्यक्रम नपाएको प्राधिकरणको शिक्षा इकाइका सूचना अधिकारी महर्जनले बताए । उनका अनुसार पहिले भू’कम्पले क्ष’ति पु¥याएको भनेर करिब ७ हजार विद्यालयको विवरण प्राधिकरणमा आएकोमा निर्माण शुरू भएपछि करिब २ हजार विद्यालय थपिए ।
जग्गाको अभाव भएका र विद्यार्थी संख्या साहै्र कम भएका विद्यालय पुनर्निर्माणमा परेनन् । प्राधिकरणका अनुसार क्षति पुगे पनि २९ वटा विद्यालयले पुनर्निर्माणको माग नै गरेनन् । पुनर्निर्माण प्राधिकरणले विद्यालय भवन, कक्षाकोठासँगै विद्यालयमा आवश्यक पर्ने खानेपानीको पूर्वाधार र शौचालय पनि निर्माण गरेको छ ।
प्राधिकरणका अनुसार २ हजार ६८६ शौचालय निर्माण भएका छन्, २ हजार ३३७ शौचालय निमार्णाधीन छन् । त्यस्तै २१० विद्यालयमा ट्याङ्कीसहित खानेपानीको पूर्वाधार निर्माण भएको छ । एक हजार ४९३ वटा विद्यालयमा खानपानीको पूर्वाधार बन्दैछ । सूचना अधिकारी महर्जनले विवरण ढिला आएका विद्यालयले पुनर्निर्माणको पाउन नसकेको बताए ।