गायक, सर्जक तथा संगीतकार कस्तुप पन्तको शब्द तथा संगीत रहेको गीत ‘सिलौटोमा चटनी’ सार्वजनिक भएको छ । कस्तुपले गीत आज परेको आफ्नो जन्मदिनको अवसर पारेर सार्वजनिक गरेका हुन् ।
कुलेन्द्र विश्वकर्मा र समीक्षा अधिकारीको स्वर रहेको गीतमा आशिश अविरलको संगीत संयोजन छ । गीतको भिडियो पनि बनेको छ । जसमा राजमी खाँड, कुलेन्द्र विश्वकर्मा, ज्योति मगर र प्रिती आलेले नृत्य देख्न सकिन्छ । भिडियो शंकर विसीले निर्देशन गरेका हुन् ।
अमृत चापागाईंको सम्पादन, दुर्गा पौडेलको छायाँकन भिडियोमा रहेको छ । हाम्रा बाउ बाजेले गाउने गरेको रोइलालाई अहिलेको चलनचल्तीका शब्दहरु र श्रृंगारिक शब्दमा भरेर गीत ल्याएको संगीतकार पन्तले बताए । दर्शकको रुचि अनुसार भिडियोमा अहिले चलेका गायक गायिका समेटिएको उनले बताए ।