काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरु आज ‘निलो रिबन’ लगाएर संसद भवन पुगेका छन् । उनीहरूका अनुसार मानव तस्करी विरुद्धको अभियानलाई विश्वव्यापी रूपमा ‘निलो रिबन’ को प्रतीक मनिन्छ ।
सत्ता साझेदार दल नेपाली कांग्रेसले संसद बैठकमा अमर्यादित पहिरनमा उपस्थित हुने सांसदहरूलाई निस्कासन गर्न माग गरेको छ । यो संसद्मा मर्यादित पोशाकमा आउनुपर्छ भनिएको छ । यो नियमावलीमा गरिएको व्यवस्था हो ।
यो संसद्मा केही माननीय सदस्यले जुन स्कार्फ लगाउँदै आउनुभएको छ, यो मर्यादित पोशाकभित्र पर्छ कि पर्दैन ? यसरी भोलि कोही हाफ पाइन्ट मात्रै लगाएर आउने, जथाभावी ड्रेस लगाएर आउने हो भने त्यसलाई संसद्को मर्यादाभित्र राख्ने कि नराख्ने ? यस्तो किसिमको व्यवहार गर्ने माननीय सदस्यलाई सभामुखले चेतावनी र संसद्बाट निष्कासन गर्ने कारबाही आवश्यक छ भन्ने म ध्यानाकर्षण गराउन चाहन्छु ।