असार ८, धरान । मेयर हर्क साम्पाङ र उपमेयर आइन्द्र विक्रम वेघा बिच चर्का चर्कि भएको छ । मंगलबार प्रमुख र उपप्रमुख बिच डोर हाजिरको कुरामा विबाद भएपछि प्रमुख र उप प्रमुख विच विवाद भएको थियो । त्यहाँको स्थिति जटिल बन्दै गएपछि नगर प्रहरि सगै नेपाल प्रहरिको पनि उपस्थिति थियो ।
हर्क साम्पाङ मेयर भएदेखी नै श्रमदानमा खटिदै आएका छन । मेयरका अनुसार श्रमदान यो देश र माटोका लागी अगाडि बढाउदै आएको भन्ने छ । उनले श्रमदानबाट धरानमा खानेपानी समस्याको समाधानका उपाय खोजिरहेका छन । साथै विभिन्न बाटो, बाढिका कारण जोखिमपुर्ण पुलहरुको संरक्षण, सरसफाई र दुर्व्यसन विरुद्धको जनचेतना मुलक अभियान पनि चलाउदै आएका छन् ।
साम्पाङले गरेका कार्यहरुमा धेरै जनताहरुले साथ र सहयोग गर्दै आएका छन । भने दल गत स्वार्थ नमिलेका समुहले भने श्रमदानका नाममा भ्रष्टचार गरेको आरोप लगाउने गरेको पाईन्छ । र कतिपयले श्रमदानको नाम गर्दै खाम भित्र पैसा राखेर बाड्ने गरेको समेत भनेका छन तर यस बिषयको ठोष प्रमाण भने भेटिएको छैन ।
मंगलबारको घट्नाले मेयर साम्पाङलाइ श्रमदानको नाम गरेर ठगि धन्दा सुरु गरेको र जनता को अगाडि ठगि धन्दा सार्वजनिक भएको भन्दै उपमेयर वेघाले दाबी गरेका छन् । तर मेयर साम्पाङले भने यो सबै आफुमाथि षडयन्त्र गरेको बताएका छन् । उपमेयर ले जनताको श्रमदानलाई बद्ननाम गर्न खोजेको प्रतिक्रिया दिएका छन् । साथै नगर प्रमुख विधि अनुसार नचलेको र एक्लै हिड्न खोजेको गुनासो उप प्रमुखको रहेको छ तर पनि विधि र पद्धति अनुसार चले सबैले साथ दिने बताएकाछन् ।