काठमाडौँ, असार १० । वैदेशिक रोजगारीका लागि ग्रिस पठाउँछु भन्दै ३७ लाख ठगि गर्ने व्यक्ति पक्राउ परेका छन ।
पक्राउ पर्ने व्यक्ति गोर्खा सुलिकोट गा-पा ४ स्थायी घर भई हाल काठमाडौँ २६ गल्कोपाखामा बस्ने २९ बर्षिय राजेश बराम नाम गरेका व्यक्ति हुन । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलय टेकुका प्रहरि काजिकुमार आचार्यले जानकारी गराएका छन् । उनले ४ जना बाट ३७ लाख ठगि गरेका छन ।
ति वेरोजगारी युवायुवतिलाइ धरै तलवको प्रलोभनमा पारी रोजगारको लागि अल्बानिया बाट ग्रिस लैजाने भन्दै झुक्याएर पैसा राखी विदेश नपठाई सम्पर्क विहिन भएको कारण उनलाई पिडितले दिएको उजुरीको आधारमा पक्राउ गरिएको हो । उनलाई थप आवश्यक पुर्ण कार्बाहिका लागि जिल्ला प्रहरी परिसर भद्रकालि काठमाडौँ पठाइएको छ ।
ठगहरुलाई कडा कारवाहि गरेर अरु ठगिनबाट सम्बन्धित निकायले जोगाउनु पर्छ । ठगहरुको कारण वैदेशिक रोजगारमा जाने युवाहरु झन आर्थिक संकटमा पर्दै गएको पाईन्छ ।