ज्योति विकास बैंकको नाफा चालू आर्थिक वर्षको ९महिनामा ३८.१९ प्रतिशतले बढेको छ । बैंकले प्रकाशित गरेको तेस्रो त्रैमाससम्मको विवरणले यस्तो देखाएको हो । विवरण अनुसार यस अवधिमा बैंकले ६० करोड २५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।
गत वर्ष सोही अवधिमा ४३ करोड ६० लाख रुपैयाँ नाफा कमाएको थियो । बैंकले सार्वजनिक गरेको विवरण अनुसार उक्त अवधिमा बैंकको निक्षेप संकलन २४.८ प्रतिशतले बढेर ४५ अर्ब ३१ करोड ९९ लाख रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा बैंकले ३६ अर्ब ३१ करोड ३६ लाख रुपैयाँ संकलन गरेको थियो ।
यस अवधिमा बैंकको कर्जा लागनी ३३.०४ प्रतिशतले बढेर ३९ अर्ब ५३ करोड ९२ लाख रुपैयाँ पुगेको छ । गत वर्ष सोही अवधिमा २९ अर्ब ७१ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।बैंकको चुक्तापुँजी ३ अर्ब ८४ करोड ४८ लाख रुपैयाँ छ भने बैंकको रिजर्भमा ८५ करोड २१ लाख ४६ हजार रुपैयाँ छ ।