सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले यही बैशाख १७ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले कुल जारी पूँजी ८३ करोड ९४ लाख १० हजार रुपैयाँको ३० प्रतिशतले हुने २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो।
यस अनुसार कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका २५ लाख १८ हजार २३० कित्ता साधारण शेयर निष्काशन गर्नेछ। निष्काशन गरिने कुल शेयरमध्ये २ प्रतिशत अर्थात ५० हजार ३६५ कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १ लाख २५ हजार ९११ कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ।
सर्वसाधारणले बाँकी २३ लाख ४१ हजार ९५४ कित्ताका लागि आवेदन दिन सक्नेछन्। सो शेयरमा सर्वसाधारणले बैशाख २१ गतेसम्म आवेदन दिन सक्नेछन्। सो अवधिमा पूर्ण आवेदन नपरेमा बैशाख ३१ गतेसम्म आवेदन दिन सकिनेछ। सो शेयरमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा २५ लाख १८ हजार २३० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ।
आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बि आइएस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउदँछ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ। सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ।
डिम्याट खाता भएका सबैले किन भर्दैनन् आईपीओ ? एस्तो छ रहस्य सेयर बजारमा पछिल्लो समय यतिधेरै आकर्षण देखिएको छ कि गल्लीका चिया पसलहरुमा पनि अहिले ‘आईपीओ’ का विषयमा छलफल हुन्छ । शुक्रबारदेखि खुलेको ज्योति लाइफ इन्स्यारेन्सको आईपीओमा पहिलो दिन नै पौने तीन लाख जनाले आईपीओका लागि आवेदन दिएका छन् ।
सेयर बजारको प्राथमिक बजार आईपीओमा जोखिम कम हुने र नाफा कमाउने सकिने भएकाले सर्वसाधारणको आकर्षण बढ्दो छ । करिब १६ लाख जनाले आईपीओका लागि आवेदन दिने गरेका छन् । पछिल्लो पटक खुला भएको महिला लघुवित्त वित्तीय संस्थाको आईपीओका लागि १५ लाख ८५ हजारले आवेदन दिएको सीडीएस एण्ड क्लियरिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्य बताउँछन् ।
आईपीओका लागि आवेदन दिनेहरुको यो तथ्यांक हालसम्मै उच्च हो ।आईपीओका लागि आवेदन दिनेहरुको संख्या भन्दा डिम्याट खाताको संख्या भने दोब्बरले बढी छ । हाल डिम्याट खाताको संख्या करिब ३१ लाख छ । उता दोस्रो बजारमा कारोबार गर्नका लागि अनलाइन सुबिधा लिनेहरुको संख्या भने ४ लाख ४५ हजारमात्रै छ ।
तीन तथ्यांकहरुबीचको खाडल चाहिँ कसरी भयो त ? सेयर बजारको सम्पूर्ण लेखाजोखा राख्नेसीईओ आचार्य यसमा मुलतः चार कारणहरु रहेको बताउँछन् । जसका कारण डिम्याट खाता, आईपीओ आवेदन दिनेहरुको संख्या र दोस्रो बजारमा कारोबार गर्नेहरुको संख्यामा ठूलो खाडल देखिएको उनी बताउँछन् ।