काठमाडौं। इजरायली सेनाको गोलीबारीमा उत्तरी गाजामा कम्तीमा ६७ जना मारिएका छन् ।संयुक्त राष्ट्रसंघको राहत सामग्री बोकेका ट्रकहरूको प्रतिक्षा गरिरहेका ६७ जना मारिएका गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।वीवीसीका अनुसार संयुक्त राष्ट्र विश्व खाद्य कार्यक्रमले खाद्यान्न बोकेका २५ वटा ट्रक इजरायलबाट प्रवेश गरेर चेकपोइन्टहरू पार गरेपछि ट्रकतर्फ भोकमरीबाट पीडित रहेका नागरिकहरूको ठूलो भीड आएको थियो ।
त्यही भीडमा गोलीबारी भएको बताइएको छ ।मन्त्रालयले बताएअनुसार गाजाको अन्य भागहरूमा सहायता पर्खिरहेका थप ६ जनाको पनि इजरायली आक्रमणमा मृत्यु भएको छ । १५० भन्दा बढी व्यक्ति घाइते भएका छन । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ ।

