नयाँ प्रकार (भेरियन्ट)को को’रोना भा’इ’रसको सं’क्रम’ण बढ्दै गएपछि प्रसिद्ध धार्मिकस्थल पाथीभरा देवीको मन्दिरमा सर्वसाधारणको प्रवेश तथा पूजामा रोक लगाइएको छ।
जिल्लास्तरीय को’भिड १९ सं’कट व्यवस्थापन केन्द्र (डीसीएमसी)को बैठकले जिल्लामा रहेका मठ मन्दिरसहित धार्मिक आस्थाका केन्द्रहरुमा भी’डभाड हुन नदिने निर्णय गरेपछि पाथीभरा मन्दिरमा सर्वसाधारणलाई पूजापाठ तथा दर्शन गर्न रोक लगाइएको हो। को’भिड १९ को संक्रमण बढेपनि पाथीभरा मन्दिरमा पछिल्लो समय पूजापाठ गर्ने भक्तजनको भीड बढ्न थालेको थियो।
मन्दिमा भक्तजनको भिड बढ्न थालेपछि को’भिड–१९ स’ङ्कट व्यवस्थापन केन्द्र ताप्लेजुङले आइतबारदेखि वैशाख मसान्तसम्मका लागि पाथीभरा देवीस्थलमा पूजापाठ गर्न रोक लागाउने निर्णय गरेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताए। कार्यकारी निर्देशक काफ्लेका अनुसार यसबीचमा स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गरी मन्दिरमा नित्य पूजा भने जारी रहने छ।