काठमाडौं । आज राष्ट्रिय कोदो दिवस विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । गत असर ३० गते बसेको मन्त्रिपरिषद् बैठकले साउन १६ गतेलाई ‘राष्ट्रिय कोदो दिवस’ का रूपमा मनाउने निर्णय गरेको हो ।
बहुगुणीका अन्नका रूपमा रहेको कोदो खेती कम भइरहेका अवस्थामा सरकारले साउन राष्ट्रिय दिवस मनाउने निर्णय गरेको हो । सरकारले धान, मकै र गहुँलाई राष्ट्रिय बाली घोषणा गरेको छ । यी बालीको उत्पादन बढाउन बर्सेनि अर्बौंको रासायनिक मल आयात हुने गरेको छ । तर, मल कम लाग्ने र सिँचाइ पनि धेरै आवश्यक नपर्ने बहुगुणी कोदोलाई भने उपेक्षामा राखेको भन्दै सरकारको आलोचना हुँदै आएकोमा सरकारले अब कोदो दिवसलाई औपचारिक मान्यता दिएको छ ।
कृषि मन्त्रालयका अनुसार ७७ जिल्लामै उत्पादन गर्न सकिने कोदोको खेती ६० मिटरदेखि ३६५० मिटर उचाइसम्म हुन्छ । देशको दिगो विकास लक्ष्य हासिल गर्न, जलवायु परिवर्तनवाट हुने असर कम गर्न र जैविक विविधता जोगाउँदै खाद्य प्रणालीको रुपान्तरण गर्न दिवस महत्त्वपूर्ण हुने विभागका महानिर्देशक सन्जेलले जानकारी दिए । कृषि विभागले आर्थिक वर्ष २०८१–८२ मा रु ७६ करोड ६३ लाख ८६ हजारबराबरको करिब १८ हजार ३१६ मेट्रिक टन कोदोजन्य उत्पादनको आयात भएको जनाएको छ ।
नेपाल र भारतका पहाडी भेगहरूमा यो अन्न मुख्य खाद्य बालीको रूपमा उब्जाइन्छ । समुद्र सतहदेखि १८०० मिटर उचाइसम्म सजिलै खेती गर्न सकिने भएकाले यो अन्न पहाडी भेगमा निकै लोकप्रिय छ । कोदोमा क्याल्सियम, फलाम र फस्फोरसजस्ता शरीरका लागि आवश्यक पोषक तत्वहरू प्रशस्त मात्रामा पाइन्छ । यसले पाचन प्रणालीलाई सुधार गर्छ र मधुमेह नियन्त्रणमा सहयोग पुर्याउँछ । यसले पाचन प्रणालीलाई सुधार गर्छ र मधुमेह नियन्त्रणमा सहयोग पुर्याउँछ । कोदो पशुको दाना बनाउन पनि उपयोगी मानिन्छ ।