आइतवारबाट मकवानपुरमा चल्ने सवारीमा जोरबिजोर प्रणालीमा लागू हुने भएको छ। मकवानपुरमा कोरोना संक्रमितको दर बढ्दै गएकोले जिल्लाभित्र चल्ने सवारीमा जोर विजोर प्रणाली लागू हुन लागेको हो।
जिल्ला प्रशासन कार्यालय मकवानपुरमा प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा बसेको कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को बैठकले बजारभित्र सवारी साधनको उच्चचाप बढ्दै गएकोले (आइतबार) १२ गतेबाट नीजि सवारी साधन, अटो, ईरिक्सा, मयुरी,म्याजिक र टेम्पोलाई जोर विजोर प्रणालीमा संचालन गर्ने निर्णय गरेको हो।
साथै बैठकले बैशाख मसान्तसम्म प्यार्टी प्यालेस, शैक्षिक संस्था, वनभोज खाने पार्कहरु बन्द गर्न र सार्वजानिक स्थलमा मास्क नलगाउनेलाई संक्रमण रोग ऐन, २०३० बमोजिम कारवाहीको लागि प्रजिअ समक्ष सिफारिस गरिने जनाइएको छ। साथै बैठकले सहायक सिडिओको संयोजकत्वमा अनुगमन समिति गठन गरी आजबाट अनुगमन सुरु गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिए।