सिन्धुलीमा शुक्रबार मोटरसाइकल दु’र्घ’टना हुँदा एकै परिवारका तीन जनाको मृ’त्यु भएको छ । मृ’त्यु हुनेहरुमा दुधौली नगरपालिका ४ डकाहाका २६ वर्षीय यम कुमर दनुवार, १३ वर्षीय आशिष कुमर दनुवार र ९ वर्षीय आदित कुमर दनुवार रहेको प्रहरीले जनाएको हो ।
मदन भण्डारी लोकमार्ग अन्तर्गत कमलामाई नगरपालिका १४ चन्दनपुरमा प्रदेश २–००१ प २१६३ नम्बरको मोटरसाइकल दु’र्घटना हुँदा उनीहरुको मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता मनोज कुमार लामाले बताए ।
आशिष र आदित यम कुमर दनुवारका भतिजहरु हुन् । ‘यम कुमर दनुवार र आशिष दनुवारको घ’टनास्थलमै मृ’त्यु भएको हो भने आदित कुमर दनुवारको सिन्धुली अ’स्पतालमा उपचारका क्रममा मृ’त्यु भएको हो,’ लामाले भने ।
यम कुमर दनुवार जिल्ला प्र’हरी कार्यालय सर्लाहीमा कार्यरत प्रहरी जवान हुन् । एउटै मोटरसाइकलमा सवार तीनै जना सिन्धुलीको भिमानबाट डकाहतर्फ जाँदै थिए । मृ’तक यम र आशिषको श’व पो’ष्टमा’र्टमका लागि सिन्धुली अ’स्पताल ल्याउने तयारी गरिएको प्रवक्ता लामाले जानकारी दिए । मोटरसाइकल आफैँ अनियन्त्रित भइ दु’र्घ’टना भएको प्र’हरीले जनाएको छ ।