गायक अनिस भण्डारीले नयाँ गीत ‘चरीले’ सार्वजनिक गरेका छन् । राजन तिमिल्सिनाको संगीत रहेको यो गीतमा राम अविरल बिष्टको शब्द छ ।
यो गीतको भिडियोमा नायक पल शाह, मोडल गीता ढुंगाना र गायक अनिसको मोडलिङ छ । लोक पल शैलीको यो गीतको भिडियोलाई शान थापाले निर्देशन गरेका हुन् । भिडियोमा राजीव समरको कोरियोग्राफी, अर्जुन तिवारीको छायांकन, सुप्रिम पराजुलीको सम्पादन छ । भिडियो अन्त्यमा राखिएको छ।
सुरु भयो ‘आँधी तुफान २’को छायांकन : कोरोनाको दोश्रो लहरको प्रभाव देशभर देखिएको छ । यसले चलचित्र प्रदर्शन ठप्प छ । तर, चलचित्रको छायांकनमा भने ठूलो असर परिरहेको छैन । मदन घिमिरेको निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘आँधी तुफान २’को छायांकन बिहिबारबाट सुरु भएको छ ।
बिहिबार चाबहिलस्थित एक पार्टी प्यालेसमा पूजा गर्दै चलचित्रको छायांकन सुरु गरिएको निर्माता तथा लेखक मौनता श्रेष्ठले जानकारी दिएका छन् । एक दशक अगाडि निर्माण भएको चलचित्र ‘आँधी तुफान’को सिरिजको रुपमा बन्न लागेको यो चलचित्रमा कनिज कोइराला, आरती आचार्य, याङ्सु श्रेष्ठ, मुकुन्द थापा, ध्रुव कोइराला, संजय खतिवडा, पुष्कर राउत लगायतको अभिनय रहनेछ ।
सस्पेन्स थ्रिलर कथामा यो चलचित्र निर्माण हुने बताइएको छ । चलचित्रमा रामशरण उप्रेतीको छायांकन, प्रेम चुल्ठेको एक्सन निर्देशन, सुरेश अधिकारीको संगीत, कमल राइको नृत्य निर्देशन रहनेछ । चलचित्रको छायांकन काठमाडौं, काभे र धुलिखेलमा हुने बताइएको छ ।