अहिले देशमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ । बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो देशका धेरैजसो स्थानहरुमा आंशिक बदली रहने छ ।
प्रदेश नं १ का एक दुई स्थानमा मेघ गर्जनसहित हल्का बर्षाको सम्भावना रहेको छ । आज राति देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । भोलि वैशाख १३ गते सोमबार प्रदेश न.१ र बागमती प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।
यस्तै, वैशाख १४ गते मंगलबार देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । आज दिउँसो प्रदेश नं १ का एक दुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । साँझपख सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।