सिन्धुपाल्चोकका ९४ प्रतिशत भू’क’म्प पी’डितले नयाँ घर पाएका छन्। भूक’म्पको ६ वर्षमा ९४ प्रतिशत लाभग्राही भूक’म्प प्रतिरोधी घरमा बस्न थालेका हुन्।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन एकाइ (भवन)को तथ्यांकअनुसार जिल्लाका लाभग्राहीमध्ये ८२ हजार ९ सय ९१ जनाले घर पुनर्निर्माण सम्पन्न गरेका छन्। ‘घर निर्माण सम्पन्न गरेर तेस्रो किस्ता लिनेको संख्या हो यो’, आयोजना प्रमुख सन्तोषकुमार निरौलाले भने, ‘केही तेस्रो किस्ताको प्रक्रियामा समेत भएकाले घर बनाइसक्ने संख्या अझ बढी हुन्छ।’
प्राधिकरणले गुनासो सम्बोधनसमेत गरी ९० हजार ८ सय ९५ लाभग्राही सूचीमा समावेश थिए। तेस्रो किस्ता भुक्तानी लिनेहरू पुनर्निर्माण सम्पन्न भूक’म्पप्रतिरोधी घरमा सरिसकेको आयोजना प्रमुख निरौलाले बताए।
प्रधानमन्त्री केपी शर्मा ओलीले २०७३ साल वैशाख १२ गते सदरमुकाम चौतारामा सर्वे तामाङको घर शिलान्यास गरेर निजी आवास पुनर्निर्माण सुरु भएको थियो। ३ हजार ५ सय ७० जनाले ज्या’न गु’मा’एको सिन्धुपाल्चोकका ९५ प्रतिशत बढी निजी आवास पूर्णक्ष’ति भएको थियो।
‘तेस्रो किस्ता अनुदान पाउने सबैले घर निर्माण सम्पन्न गरेर छानामुनि बसिसकेका छन्’, प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन एकाइ स्थानीय पूर्वाधार (जिमाली)का प्रमुख भरत आचार्यले भने, ‘निजी आवास पुनर्निर्माणमा सन्तोषजनक प्रगति छ।’
तथ्यांकअनुसार ८७ हजार ४ सय ७४ जना लाभग्राहीले दोस्रो किस्ता अनुदान लिइसकेका छन्। यो कुल लाभग्राहीको ९९.३१ प्रतिशत हो। घर निर्माण सुरु गरेर डीपीसी तहको काम सम्पन्न गरेपछि मात्र दोस्रो किस्ताका लागि आवेदन दिन पाउने प्रावधान छ। अन्नपुर्ण पोस्टमा खबर छ।