उपाधि दावेदार रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा बराबरी खेलेको छ । शनिबार राति भएको खेलमा रियलले रियल बेटिससँग गोलरहित बराबरी खेलेको हो । घरेलु मैदानमा भएको खेलमा रियलले पाएको मौका सदुपयोग गर्न नसक्दा पराजित हुन पुगेको हो ।
रियलले बेटिसको मैदानमा १७ सट प्रहार गरेको थियो । लिगमा अन्तिम खेलहरु बाँकी रहँदा रियल कमजोर देखिएको छ । च्याम्पियन्स लिग फुटबलको सेमिफाइनल खेल्ने तयारी भएको रियल ला लिगामा कमजोर देखिएको हो । बराबरीसँगै रियलले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ ।
रियलको ३३ खेलमा ७१ अंक छ । रियल लिगको दोस्रो स्थानमा छ । शीर्ष स्थानको एट्लेटिकोको ३२ खेलबाट ७३ अंक छ । पराजित बेटिस ५० अंक सहित तालिकाको छैटौं स्थानमा छ । बेटिसले लिगका पछिल्ला पाँच खेलमा बराबरी खेलेको छ ।