तनहुँको देवघाट र चितवनको ठिमुरा जोड्ने त्रिशूली नदीमाथि बनिरहेको पुलबाट ख’स्दा एक जना मजदुरको मृ’त्यु भएको छ । अर्का एकजना वे’पत्ता भएका छन् । आइतबार विहान निर्माणाधीन पुलबाट १० जना मजदुर त्रिशूली नदीमा ख’सेका थिए ।
तीमध्ये एकजना भारतीय नागरिक विजय यादवको मृ’त्यु भएको चितवन प्र’हरी प्रमुख ओमप्रकाश अधिकारीले जानकारी दिए । बे’पत्ता व्यक्तिको खोजी भइरहेको उनले बताए । घ’टनास्थलबाट आठ जनालाई घा’इते अवस्थामा उ’द्धार गरिएको छ ।
उनीहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको प्र’हरीले जनाएको छ । त्रिशूली नदीमाथि निर्माणाधीन पुल गत चैत अन्तिम साता भत्किएको थियो । सोही पुल निर्माणमा खटिएका मजदुरहरु नदीमा ख’सेका हुन् । त्यहाँ १४ जना मजदुर कार्यरत थिए ।