काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका जिल्ला प्रशासन कार्यालयहरुले अत्यावश्यक सेवा बाहेकका सबै काम आजदेखि एक हप्ताका लागि बन्द गरेका छन् ।
आज विज्ञप्ति प्रकाशन गरी ती कार्यालयहरुले को’भि’ड सं’क्रमणको दोस्रो लहर भयावह बन्दै गएको भन्दै अत्यावश्यक बाहेकका अन्य नियमित काम सोमबारदेखि बन्द गर्ने भएको बताउनुभयो । उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले यो निर्णयसँगै
नागरिकतालगायत अन्य जिल्ला प्रशासनबाट हुने सेवाहरू एक साता बन्द हुने जनाएका हुन् । राजधानीमा भी’डभा’ड कम होस् र अनावश्यक रुपमा घरबाट बाहिर निस्कन पर्ने अवस्था नआओस भनेर यस्तो निर्णय गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताउनुभयो ।
कारबाओ कप उपाधि म्यानचेस्टर सिटीलाई : म्यानचेस्टर सिटीले कारबाओ कप जितेको छ । गएराति भएको खेलमा टोटनहमलाई १–० ले हराउँदै सिटीले उपाधि जितेको हो । सिटीले लगातार चौथो पटक काराबाओ कप जित्दै कीर्तिमान बनाएको छ ।
सिटीले १९८० ताका लिभरपुलले बनाएको कीर्तिमान पनि बराबरी गरेको छ । लिभरपुलसँगे सिटीको यो सर्वाधिक आठौँ लिग कप उपाधि पनि हो । रक्षक एमेरिक लार्पोटेले खेलको ८२ औं मिनेटमा हेडमार्फत गरेको गोल नै खेको निर्णयक बनेको थियो । मुख्य प्रशिक्षक जोसे माउरिन्होलाई बर्खास्त गरेपछि टोटेनहमले पहिलो खेल खेलेको थियो ।
प्रिमियर लिगमा पनि सिटी प्रिमियर लिगको उपाधि नजिक छ । लिगका ५ खेल बाँकी रहँदा ७७ अंकका साथ सिटी बलियो अवस्थामा रहेको छ । अर्को साता नै टोली च्याम्पियन बन्ने सम्भावना छ । दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडको भन्दा सिटी १० अंकले अगाडि छ ।