झा’डापखालाबाट एकै घरका दिदीबहिनीको मृ’त्यु भएको छ । शनिवार बेलुका स्थानीय खोलाबाट ल्याएको माछा पकाएर खाएपछि झा’डापखाला लागेका राजपुर गाउँपालिका–६ का प्रेम बुढाका ११ वर्षीया रीता बुढा र १३ वर्षीया विनिता बुढाको नि’धन भएको हो ।
दिदी विनिताको आइतवार बिहान २ बजेतिर र बहिनी रीताको बिहान ६ बजेतिर नि’धन भएको इलाका प्र’हरी कार्यालय गढवाका प्र’हरी निरीक्षक राजकुमार भट्टले जानकारी दिए । उपचारका क्रममा नि’धन भएका उनीहरुको श’व परीक्षणका लागि लमही अस्प’तालमा राखिएको छ ।
वडाध्यक्षलाई पत्नी शोक : दाङको बबई गाउँपालिका–४ का वडाध्यक्ष टेकबहादुर ओलीलाई पत्नी शो’क परेको छ । उनकी श्रीमती युवा ओलीको आइतवार अपराह्न नि’धन भएको हो । बबई गाउँपालिका अध्यक्ष भुवनेश्वर पौडेलका अनुसार उहाँलाई आइतवार नै को’रोना पुष्टि भएको हो । श्वासप्रश्वासमा सम’स्या देखिएपछि शनिवार उपचारका लागि नेपालगञ्ज लगिएको थियो । उहाँको को’रोनाका कारण मृ’त्यु भएको अध्यक्ष पौडेलले बताए ।
गाउँपालिका लकडाउन : बबई गाउँपालिकामा आज बिहानदेखि लागू हुने गरी लकडाउन गरिएको छ । गाउँपालिकामा को’रोना स’ङ्क्र’मितको सङ्ख्या र मृ’त्युदर बढ्न थालेपछि अर्को सूचना प्रकाशित नहुँदासम्मका लागि ल’कडाउन गरिएको गाउँपालिकाका प्रेस संयोजक प्रेमबहादुर राम्जाले जानकारी दिए।
गाउँपालिकामा को’रोनाका सक्रिय स’ङ्क्र’मितको सङ्ख्या १९ पुगेको छ भने दुई जनाको मृ’त्यु भएको छ । स्थानीय प्रशासन, उद्योगी, व्यापारीसँग समन्वय गरेर गाउँपालिकाले लकडा’उन गरेको प्रेस संयोजक राम्जाले जानकारी दिए ।