कोभि’ड सं’कट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कम्तीमा तीन साता देशभर ल’कडाउन गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गरेको छ । को’रोना म’हामा’रीको दोस्रो लहर तीव्र गतिमा फैलिएको निष्कर्ष निकाल्दै सीसीएमसीले कम्तीमा वैशाख मसान्तसम्म लकडा’उनको सिफारिस गरेको हो ।
लकडा’उनमा नगए सक्रिय सं’क्र’मित रहेका जिल्लामा निषेधाज्ञा जारी गर्न सुझाव दिइएको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा आइतबार सीसीएमसीको बैठकले महामारीको पछिल्लो अवस्थाको समीक्षा गरेको थियो । यो खबर कान्तिपुर दैनिकमा छापिएकाे छ ।
मन्त्रिपरिषद् बैठक बोलाइयो, कोरोनाबारे महत्त्वपूर्ण निर्णय हुने : को’रोना भाइ’रसको सं’क्र’मण बढ्दै जाँदा सोमबार मन्त्रिपरिषद्को बैठक बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए । बैठकमा को’रोना भाइ’रसको नियन्त्रणका विषयमा छलफल केन्द्रीत हुने ती मन्त्रीको भनाइ छ ।
उनका अनुसार ल’क’डाउन, निषेधाज्ञाका साथै सीमानाकामा आवतजावत क’डाइका सन्दर्भका विषयमा छलफल र आवश्यक निर्णय हुनेछ । देशभर को’रोनाभाइरसको दोस्रो लहर फैलिएपछि अवस्था भ’यावह बन्ने अवस्था देखिएको छ भने अ’स्पतालहरुमा बि’रामीको व्यवस्थापन गर्न असहज अवस्था सिर्जना हुन थालेको चि’कित्सकहरुले बताएका छन् ।
आइतबार बसेको को’भिड–१९ सं’कट व्यवस्थापन केन्द्रले देशभर कम्तीमा ३ साता ल’क’डाउनको सिफारिस समेत गरेको छ भने पूर्वनिर्धारित परीक्षा पनि स्थगित गरिसकिएको छ। नेपालमा हालसम्म को’रोना सं’क्रमितको संख्या ३ लाख नाघिसकेको छ ।