देशका अधिकांश जिल्लामा को’रोना भा’इरसको सं’क्र’मण बढ्दै गइरहेको छ। सं’क्र’मण नियन्त्रण गर्ने विषयमा सरकारी पक्ष छलफलमा रहेको छ । काठमाडौं उपत्यकाका तीनै जिल्लका प्रमुख जिल्ला अधिकारीहरु आज को’भिड-१९ को वर्तमान अवस्थाको बारेमा छलफलमा जुट्दैछन् ।
यसबिच सरकारले जनस्वास्थ्य मापदण्ड पालना गर्न सबैलाई आग्रह गरिरहेको छ । मास्कको अनिवार्य प्रयोग गर्न र सकेसम्म स्यानिटाइजर र साबुन पानीको प्रयोग गर्न आग्रह गरिएको छ । सार्वजनिक यातायातमा समेत मास्क अनिवार्य गरिएको छ। तर पनि अझै धेरै मानिस मास्कको प्रयोग नगरी हिँडिरहेका देखिन्छन्।
यता कीर्तिपुरमा मास्क नलगाइ हिँड्नेहरुलाई कार’वाही स्वरुप होल्डिङ सेन्टरमा राखिने भएको छ। ल’कडाउनको बेलामा बिना कारण हिँड्नेहरुलाई यसरीलाई होल्ड गर्ने गरेकोमा अहिले फेरि मानिसहरुलाई स’चेत गराउन यसरी होल्डिङ सेन्टर बनाइएको हो।