त्रिभुवन विश्व विद्यालयले सञ्चालनमा रहेको स्नातक तह दोस्रो वर्षको परीक्षा स्थगित नगर्ने भएको छ। व्यवस्थापन संकायको परीक्षा सकिएको र विज्ञान, मानविकी तथा शिक्षाशास्त्र संकायका परीक्षा सञ्चालन भएर केही विषयको मात्र बाँकी रहेकाले १४ गते, १७ गते र १९ गते सञ्चालन हुने परीक्षा नरोकिने परीक्षा नियन्त्रक पुष्पराज जोशिले बताए।
उनले भने , ‘अन्य परीक्षाका कार्यक्रम स्थगित भए पनि सञ्चालनमा रहेका परीक्षा भने स्थगित हुँने छैन। विद्यार्थीहरूको चाहनालाई मध्यनजर गर्दै छलफल गरेर यस्तो निर्णय गरेका हौं। स्वास्थ्यको मापदण्ड पूर्णरुपमा पालना गरेर परीक्षा सञ्चालन हुन्छ।’ अन्य परीक्षाका कार्यक्रम भने स्थगित गर्न सरकारले निर्देशन दिइसकेको छ।
चैनपुर नगरस्तरीय मेयर गोल्डकप स्थगित : संखुवासभाको चैनपुर नगरपालिकाले प्रदेश १ स्तरीय मेयर गोल्डकप फुटबल प्रतियोगिता तत्काल नगर्ने घोषणा गरेको छ । कोरोना भाइ’रस सं’क्रमणको दोस्रो लहर फैलँदै गएपछि नगरपालिकाले अर्को सूचना नआएसम्म प्रतियोगिता बन्दको घोषणा गरेको हो ।
यसअघि, नगरपालिकाले ११ देखि १८ वैशाखसम्म प्रतियोगिता गर्ने जनाएको थियो । संघीय सरकारले धेरै भी’डभाड हुने क्षेत्रहरू बन्द गर्न निर्देशन गरेबमोजिम प्रतियोगिता सञ्चालन नगर्ने निर्णय गरेको चैनपुर नगरपालिकाका मेयर भरतकुमार खत्रीले बताए । उनले को’रोना भाइ’रसको कारण अघिल्लो वर्षको प्रतियोगिता पनि स्थगन भएको र हाल फेरि सञ्चालन गर्ने सम्पूर्ण तयारी पूरा गरेपछि अन्तिम चरणमा आएर बन्द गर्नुपरेको बताए ।
को’रोना भाइ’रस सं’क्रमण नियन्त्रणमा आएपछि पुनः प्रतियोगिताको मिति घोषणा गर्ने मेयर खत्रीको भनाइ छ । ‘खेलकुदमार्फत पर्यटन पहिचान, प्रगति र गरिमा, समृद्धि र एकताका लागि फुटबल चैनपुर नगरीमा’ भन्ने नाराका साथ तेस्रो गोल्डकप घोषणा गरिएको थियो ।
चैनपुर क्षेत्रलाई खेलकुद केन्द्रको रूपमा विकास गर्न र खेलकुदका माध्यमबाट चैनपुरको आन्तरिक पर्यटन प्रवद्र्धनमा मद्दत पुगोस् भन्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागेको मेयर खत्रीको भनाइ छ । प्रतियोगितामा प्रदेश १ भित्रका १६ वटा टिमले सहभागिता जनाउने निश्चित भएको थियो । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा गरेर समयतालिकासमेत प्रकाशित गरिसकेको थियो ।