नेपालको ब्याटिङ प्रदर्शन कस्तो होला ? ओपनिङमा को–को खेलाडी आउलान् ? यी यस्तै प्रश्न नेपाली क्रिकेटमा सोधिने र सोचिने कुराहरु हुन् । तर, भर्खरैमात्र घरेलु मैदानमा सम्पन्न भएको त्रिकोणात्मक सिरिजमा नेपालले शानदार प्रदर्शन गर्यो । नेपालको प्रदर्शन हालसम्मकै उत्कृष्ट हो ।
नेपाली टोलीले गरेको प्रदर्शनले मुख्य प्रशिक्षक डेभ ह्वाटमोर पनि उत्साहित छन् । पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रशिक्षकत्व गरेका उनले टिमको प्रदर्शनमा नयाँपन मात्र ल्याएनन्, टिमलाई सफलता पनि दिलाए । यता डेब्यु खेलमा नै नेपालका लागि ओपनिङ पार्टनरसिप जम्यो । नेपालका कुशल भुर्तेल र आशिफ शेख जमे ।
सिरिजमा पाँच खेल खेलेको नेपालले सोचेभन्दा उत्कृष्ट प्रदर्शन ग¥यो । नेपालको बलिङ र ब्याटिङ दुबैपक्ष बलियो देखियो । त्यसो त नेपालको बलिङ लाइन पहिलेदेखि नै बलियो थियो । तर, सिरिजमा सुधार भयो भने पक्कै हो । नेपालले पाँच खेल खेल्दा पाँचवटै खेलमा उत्कृष्ट प्रदर्शन गर्यो ।
नेपालले आफ्नो इतिहासकै २३६ रनको लक्ष्य पनि धेरै बनाएको छ । नेपालले फाइलन खेलमा २३७ रन बनाउँदा आफ्नो इतिहासमै राम्रो प्रदर्शन गर्यो । नेपालले २०० भन्दा धेरै रनको लक्ष्य पूरा गर्न पनि धरमराएन । नेपाली टोलीका मुख्य प्रशिक्षक ह्वाटमोर पनि सिरिजको प्रदर्शनदेखि चकित छन् ।
डेब्यु खेल खेलेका ओपनिङ जोडी कुशल भुर्तेल र आसिफ शेखले उत्कृष्ट प्रदर्शन गरे । पहिलो खेलमा दुबै खेलाडीले उत्कृष्ट प्रदर्शन गरे । नेदरल्यान्ड्सविरुद्ध नेपालले ९ विकेटको सहज जित निकाल्यो । नेपालको ओपनिङ जोडी कुशल भुर्तेल र आसिफ शेखले ११६ रनको बलियो साझेदारी गर्दै टी–ट्वान्टी क्रिकेटमा सबैभन्दा धेरै रनको साझेदारी गर्ने खेलाडीको रुपमा कीर्तिमान बनाए ।
नेदरल्यान्ड्सविरुद्धको तेस्रो खेलमा नेपालले पहिले ब्याटिङ गरेर २०६ रन जोडेको थियो । नेपालले टी–ट्वान्टी अन्तर्राष्ट्रियमा सर्वाधिक दोस्रो उच्च स्कोर बनाए पनि टिम ३ विकेटले पराजित भयो । चौथो खेलमा नेपालले मलेसियाविरुद्ध ब्याटिङ गर्दै २१७ रन जोड्यो । नेपालले उक्त खेलमा सर्वाधिक उच्च स्कोर बनायो ।
सिरिजको फाइनल खेलमा नेपालले नेरदल्यान्ड्सलाई आफ्नो टी–ट्वान्टी क्रिकेट इतिहासकै उच्च स्कोर बनायो । नेपालले नेरदल्यान्ड्सलाई २३८ रनको कीर्तिमानी लक्ष्य सुम्पेको थियो । नेपालले फाइनल खेलमा उच्चतम लक्ष्य प्रस्तुत मात्र गरे । उक्त खेलमा हालसम्मकै फराकिलो अन्तरले नेदरल्यान्ड्समाथि जित पनि निकाल्यो ।
नेपालको प्रदर्शन हेर्दा आफू पनि उत्साहित भएको प्रशिक्षक ह्वाटमोरले बताए । आफूले नेपाली खेलाडीबाट सोचेभन्दा उत्कृष्ट प्रदर्शन गरेकोमा खुसी भएको बताए । “नेपाली खेलाडीले मैले सोचेभन्दा उत्कृष्ट प्रदर्शन गरे । युवा खेलाडीले राम्रो नतिजा मात्र होइन नेपाली क्रिकेटको ब्याटिङको भविश्य राम्रो भएको पनि संकेत गरेका छन् ।
नेपाली खेलाडीको स्तर धेरै राम्रो छ । हामी ठूलो राष्ट्रसँग खेल्न पनि तयार छौं,” ह्वाटमोरले उपाधिपछि भने । त्यस्तै नेपाली टोलीका कप्तान पारस खड्काले युवा खेलाडीको प्रदर्शनले एक नयाँ आयाम ल्याएको बताए । नयाँ खेलाडीको आगमनसँगै टिममा धेरै परिवर्तन आएको कप्तान ज्ञानेन्द्रको बुझाइ छ ।
“युवा खेलाडीले नेपाली क्रिकेटको एक नयाँ स्तर देखाइ दिएका छन् । उनीहरुको प्रदर्शनले गर्दा नै नेपाली क्रिकेटको स्तर धेरै माथि गएको महसुस भएको छ । नेपालले हालसम्मकै उत्कृष्ट प्रदर्शन गरेको हो,” कप्तान मल्ले भने ।