नेपाल इन्भेष्टमेण्ट बैंकले गत आवको बोनस शेयर शेयरधनीको हितग्राही खातामा जम्मा गरिदिएिको छ । प्रस्तावित बोनस शेयर साधारण सभाबाट पारित भएपछि हितग्राही खातामा जम्मा गरिएको थियो ।
बैंकले गत आवको मुनाफाबाट शेयरधनीलाई १३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । त्यो गत माघ ८ गते सम्पन्न साधारण सभाले पारित गरेको थियो । कम्पनीले गत पुस २१ गतेसम्म शेयर अभौतीकरण गराएका शेयरधनीको हितग्राही खातामा बोनस शेयर जम्मा गरिदिएको हो ।
साथै सो मिती पश्चात शेयर अभौतिकीरकण गराएका शेयरधनीहरुको हकमा पनि क्रमश बोनस शेयर जम्मा गरिदिने कम्पनीले जानकारी गराएको छ । शेयर रजिष्ट्रार एनआइबिएल एस कयापिटल लिमिटेड रहेको छ ।
मेरो माइक्रोफाइनान्स नाफा २०९ प्रतिशत बढ्यो, लाभांश क्षमता कति ? : मरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आवको तेस्रो त्रैमासमा रू. २९ करोड ६५ लाख नाफा कमाएको छ । कम्पनीको यो नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा २०९ प्रतिशतले वृद्धि भएको हो ।
गत आवको तेस्रो त्रैमासमा कम्पनीले रू. ९ करोड ५८ लाख नाफा कमाएको थियो । कम्पनीले आज सार्वजनिक गरेको त्रैमासिक वित्तिय विवरणले यस्तो देखाएको हो । चालू आवको तेस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा पनि बढेको हो ।
समिक्षा अवधीमा कम्पनीको खुद ब्याज आम्दानी ८१ प्रतिशत र सञ्चालन नाफा २१८ प्रतिशतले बढेको छ । कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्ममा रू. ७ करोड ९४ लाख भन्दा बढी खराव कर्जा उठाउन कम्पनी ब्यवस्थापन सफल भएकाले पनि नाफा बढ्न टेवा पुगेको हो ।
चुक्ता पूँजी रू.१ अर्ब रहेको कम्पनीले जगेडा कोषमा रू. ४८ करोड भन्दा बढी सञ्चित गरेको छ । चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले रू. ९ अर्ब ९८ करोड २९ लाख सापटी लिएर , रू. २ अर्ब ३९ करोड ९० लाख निक्षेप संकलन गरेर रू. १२ अर्ब ९९ करोड ५ लाख कर्जा लगानी गरेको हो ।
सो अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ३९ दशमलव ५३(वार्षिक) , मूल्य आम्दानी अनुपात रू. ३९ दशमलव ६४, तरलता अनुपात ३ दशमलव ४२ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १४८ दशमलव ०२ रहेको छ ।