सरकारले लकडाउन गर्नुपूर्व नागरिकलाई आफ्नो घर जानका लागि दुई दिनको समय दिने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले काठमाडौं बाहिर जानेहरूलाई कम्तीमा दुई दिनको समय दिइने बताए ।
दुई दिनसम्म काठमाडौं उपत्यकामा निषेधाज्ञा लागु नहुने बताउँदै पराजुलीले भने, ‘एक हप्ता केही क्षेत्रलाई बन्द गराउने हो कि भनेर हामीले प्रस्ताव गरेका छौं । आम नागरिकलाई पनि असुविधा नहोस् भनेर एक दुई दिन चाहिँ हामीले समय दिने सोचेका छौं । बन्दको स्थिति भएमा घर फर्किन पनि समय मिलोस् भन्ने हिसावले हामी एक दुई दिन टाइम दिनुपर्छ भन्ने मानसिकतामा छौं ।’
कोभिड संक्रमणको स्थिति गम्भीर देखिएकोले कम्तिमा एक साता निषेधाज्ञा अथवा लकडाउन गर्नेगरी उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको सोमबारको बैठकले माथिल्लो निकायमा सिफारिस गरिएको पनि उनको भनाइ छ ।
बेलायतको सबैभन्दा महँगो सम्बन्धविच्छेद, पिताको तर्फबाट छोराले आमालाई दिनेछन् १२ अर्ब रुपैयाँ : सम्बन्धविच्छेदका थुप्रै मामिलामा एक पक्षले अर्को पक्षलाई दिने रकमको चर्चा हुने गर्छ । बेलायतबाट सम्बन्धविच्छेदका यस्तै घटना सार्वजनिक भएको छ जहाँ श्रीमान्–श्रीमतीबीच सम्बन्धविच्छेदको झगडामा छोराले आमालाई ७५ मिलियन पाउन्ड (१२ अर्ब रुपैयाँ) दिनेछन् ।
यो बेलायतको सबैभन्दा महँगो सम्बन्धविच्छेद हुने भएको छ । ब्लूमबर्गको एक रिपोर्ट अनुसार यो निर्णय लण्डनको एउटा अदालतले सुनाएको हो । यो पूरा घटना लण्डनका धनाढ्य फरहाद–तातियाना नामक दम्पत्ति र उनका छोरा तैमूरसँग जोडिएको छ । आफ्नो निर्णयमा न्यायाधीसले आरोपी छोरालाई बेइमान बताए जसले आफ्ना पिताको सहायताका लागि जे पनि गर्न सक्छन् ।
तैमुरले आफ्ना पितासँग मिलेर आफ्नो लाखौं सम्पत्ति– थुप्रै बंगला, सुपरयाच, हेलिकोप्टर र विलासी आर्ट कलेक्सन– लुकाएको पुष्टि भएको छ । वास्तवमा तैमूरले पिताको सम्पत्ति नबाँडियोस् र आमाले सम्बन्धविच्छेद हुँदा धेरै क्षतीपूर्ती नपाउन् भन्ने चाहेका थिए । रिपोर्टका अनुसार न्यायाधीसले आफ्नो आदेशमा अर्बपती फरहादका छोरा तैमुरले आफ्ना पिताको सम्पत्ति लुकाएको पुष्टि गरे ।
पैसा लुकाएको आरोपमा तैमुरले कलेजमा पढ्दै गर्दा व्यापार गरेको र यसमा घाटा लागेको बताए । उनले आफूले पिताको पैसा आफ्नी आमाबाट नलुकाएको र व्यापार गर्नेबेला आफूलाई घाटा लागेको स्पष्टिकरण दिएका थिए ।
आफ्नो आदेशमा न्यायाधीसले तैमुरले आफ्नी आमालाई वैवाहिक सम्पत्तिको पैसा लिनबाट कसरी रोक्न सक्छन् भनेर प्रश्न सोधे । न्यायाधीसले तैमुरकी आमा तातियानाको पनि पक्ष जान्न चाहे । सम्बन्धविच्छेदपछि पाउने सम्पत्तिमा आफूले लण्डनको लग्जरी अपार्टमेन्ट पनि पाउनुपर्ने उनले बताइन् ।
यद्यपि, उनी यसको साटो पैसा लिन पनि तयार थिइन् । अन्त्यमा न्यायाधीसले आफ्नो निर्णय सुनाए । न्यायाधीसले तैमुरलाई आफ्नी आमालाई ७५ मिलियन पाउन्ड भुक्तानी गर्न आदेश दिए । रिपोर्टका अनुसार तैमुरका पिता फरहादको जन्म अजरबैजानमा भएको थियो ।
फरहादले नोभेम्बर सन् २०१२ मा १.४ अर्ब डलरमा रुसी ग्यास उत्पादकमा आफ्नो हिस्सेदारीलाई बेचेर यति सम्पत्ति खडा गरे । यद्यपि, उनले श्रीमतीलाई सम्बन्धविच्छेद पछि एक पैसा पनि दिन अस्वीकार गरेका थिए ।
सम्बन्धविच्छेद पछि जब तातियानले केही पाइनन् तब उनले मुद्दा दर्ता गरिन् । यतिमात्रै होइन उनले कम्तीमा ६ देशमा उनीविरुद्ध मुद्दासमेत दर्ता गरिन् । त्यसपछि लण्डनको अदालतले यो निर्णय सुनाएको हो । यद्यपि, फरहादले अदालतको निर्णयलाई गलत र भ्रममा पार्ने खालको बताएका छन् ।