को’रोना भाइ’रसवि’रुद्धको भ्याक्सिन लगाउने वीर अस्पतालका तीन स्वास्थ्यकर्मीमा सं’क्रमण पुष्टि भएको छ । वीर अस्पतालमा खाेप कार्यमा संलग्न तीन जना स्वास्थ्यकर्मीको कोरोना रिपोर्ट पोजेटिभ आएको वीर अस्पताल स्रोतले जनाएको छ ।
सं’क्रमित हुने को को हुन् भन्नेबारे भने सार्वजनिक गरिएको छैन । को’रोना भ्याक्सिन लगाउने अभियान सुरु भएपछि वीर अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीलाई खोप लगाइएको थियो । खोप लगाएकाहरूमा नै सं’क्रमण फैलिएपछि अस्पतालका कर्मचारी र स्वास्थ्यकर्मीहरूमा त्रा’स फैलिएको श्राेतले बताएकाे छ ।
यसैबीच वीरमा भ्याक्सिन लगाउने स्वास्थ्यकर्मी तीनजना नै सं’क्रमित भएकाे पुष्टि भएपछि वीर अस्पतालमा २०७८ वैशाख १४ गते भ्याक्सिन लगाउन बन्द गरिएको छ । केही दिनदेखि वीरलगायतका विभिन्न स्वास्थ्य संस्थाले खोपको दोस्रो मात्रा लगाइरहेका छन् ।