काठमाण्डौमा गएराति परकम्प गएको छ । कलंकी आसपास भएर राति १ बजेर ५९ मिनेटमा ३ दशमलव ५ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूक’म्प मापन केन्द्रले जनाएको छ । परकम्पको धक्का कंलकीसहित आसपासका क्षेत्रमा महसुस गरिएको थियो ।
२०७२ साल बैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ७ दशमलव ६ रेक्टर स्कलेको भूक’म्प पछि अहिलेसम्म ५० हजार भन्दा बढी परकम्प गएको छ । चार रेक्टर स्केल भन्दा माथिका ५ सय ५२ पटक परकम्प गएको केन्द्रले जनाएको छ । भूक’म्पविद् लोकविजय अधिकारीकाअनुसार गोरखा केन्द्रबिन्दु भएर गएको भूकम्पको परकम्प अझै १० वर्षसम्म आइरहने सम्भावना रहेको छ ।
आईपीएल क्रिकेटमा रोयल च्यालेन्जर्स बैंग्लोर शीर्ष स्थानमा : इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा रोयल च्यालेन्जर्स बैंग्लोर शीर्ष स्थानमा पुगेको छ । दिल्ली क्यापिटल्सलाई १ विकेटले हराउँदै बैंग्लोर शीर्ष स्थानमा पुगेको हो ।
१७२ रनको लक्षसहित जवाफी ब्याटिङ गरेको दिल्लीले २० ओभरकै खेलमा ४ विकेट गुमाएर १७० रनभन्दा बढी बनाउन सकेन । बैंग्लाेरले २० ओभरको खेलमा ५ विकेट गुमाउँदै १७१ रन बनाएपछि दिल्लीले १७२ रनको लक्ष पाएको थियो । जितसँगै बैंग्लाेर ६ खेलबाट १० अंक जोडेको छ । समान खेलमा चारमा जित र दुईमा पराजित भएको ८ अंकसहित तेस्रो स्थानमा झरेको छ ।