प्रदेश १ का सरकारी तथा निजी अ’स्पतालले को’रोना सं’क्रमितका लागि अत्यावश्यक अक्सिजन आफैं उत्पादन गर्न अग्रसरता लिएका छन्। केही निजीले उत्पादन सुरु गरेका छन् भने केहीले वैशाखभित्रै सञ्चालनको तयारी गरेका छन्। प्रदेश सरकारले १२ सरकारी अ’स्पताल छनोट गरी बजेट विनियोजन गरेकाले अक्सिजन प्लान्ट निर्माणको काम भइरहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
‘अ’स्पताल परिसरमा आवश्यक संरचना निर्माण गरी अक्सिजन प्लान्ट राख्ने गरी १२ वटा अस्पताल छनोट भएर काम भइरहेको पनि छ’, मन्त्री उषाकला राईले भनिन्, ‘झापाको मेची प्रादेशिक अ’स्पताल भद्रपुरमा केही दिनभित्रै सम्पन्न भई सञ्चालनमा आउँछ। अन्य अस्पतालले पनि यो कामलाई तीव्रता दिइरहेका छन्।’
लक्षणसहितका सं’क्रमितको संख्या थपिँदै जाँदा अक्सिजन अत्यावश्यक पर्ने भएकाले प्लान्ट निर्माणलाई तीव्रता दिइएको मन्त्री राईले बताइन्। ‘कोभिड अ’स्पतालमा रहेका संक्रमितको लागि अत्यावश्यक भनेकै अक्सिजन हो,’ उनले भनिन्, ‘विराटनगरको कोभि’ड अ’स्पतालमा बाहिरबाट दैनिक ८० सिलिन्डर अक्सिजन ल्याउने व्यवस्था मिलाइएको छ।
अब हामीले उत्पादनलाई पनि चासो दिनुपर्ने समय आयो।’ ७५ लाख लगानीमा झापास्थित मेची प्रादेशिक अस्प’तालमा वैशाखभित्र सञ्चालनमा ल्याउने गरी अक्सिजन प्लान्ट निर्माणाधीन छ। यहाँ कोभिड सं’क्रमित राख्ने ७५ शय्याको बेग्लै अस्पतालसहित अक्सिजन प्लान्ट निर्माणको अन्तिम चरणमा पुगेको हो।
‘अहिले धरान र विराटनगरमा मात्रै कोरोना सं’क्रमितलाई राखेर उपचार र निगरानी भइरहेको छ। सं’क्रमित थपिदै जाँदा झापामा पनि राख्नुपर्ने अवस्था चाँडै आउने भएकाले अक्सिजन प्लान्ट र बेग्लै कोभिड अस्पतालको कामलाई चासो दिएर निर्माणमा गति दिन निर्देशन दिएको छु’, उनले भनिन्।
मेची अ’स्पतालका लेखा अधिकृत मनोज पोखरेलका अनुसार दैनिक ३५ सिलिन्डर भर्न सक्ने क्षमताको प्लान्ट निर्माण भइरहेको छ। ठूला र साना गरी ४७ वटा अक्सिजन सिलिन्डर यो अस्पतालमा रहेको र दैनिक २० देखि २५ वटासम्म खपत हुँदै आएको छ। साविक मेची अञ्चलका चार जिल्ला ताप्लेजुङ, पाँचथर, इलाम र झापामा भेटिएका संक्रमितलाई धरान र विराटनगरमा राख्न अपायक हुने भएकाले पनि झापामा संरचना निर्माणलाई तीव्रता दिइएको प्रदेश १ सरकारले जनाएको छ।
झापाको बिर्तामोडमा रहेका बीएण्डसी र ओमसाई पाथिभरा अस्पतालले पनि आफ्नै अक्सिजन प्लान्ट निर्माण गरिरहेका छन्। ‘हामीले हाम्रो अस्पताललाई आवश्यक पर्ने अक्सिजन उत्पादन गर्न अक्सिजन प्लान्ट निर्माण गरिरहेका छौं। आवश्यक परेको समयमा जुनै अस्पताललाई पनि सहयोग गर्न सकिन्छ,’ बीएन्डसी अस्पतालका जनसम्पर्क अधिकृत प्रमिश गिरीले भने।
बीएण्डसी अस्पतालमा दैनिक ३५ देखि ४० वटा सिलिन्डर अक्सिजन खपत भइरहेको छ। प्लान्ट निर्माणका लागि बीएन्डसीले ५ करोड रुपैयाँ लगानी गरिसकेको छ। बिर्तामोडकै मनमोहन सामुदायिक अस्पतालले विगत चार महिनादेखि नै अक्सिजन प्लान्ट सञ्चालनमा ल्याएर अक्सिजन उत्पादन गरिरहेको छ भने धनकुटाको धनकुटा अस्पतालमा पनि अक्सिजन इनप्लान्ट सञ्चालनमा रहेको छ।
मनमोहन सामुदायिक अस्पतालका निर्देशक रोमणि भट्टराईले दैनिक १८ सिलिण्डर अक्सिजन उत्पादन भइरहेको र यसको क्षमता बढाउने योजना रहेको बताए। ‘चार महिनादेखि नै अक्सिजन उत्पादन गरी प्रयोगमा ल्याएका छौं’, उनले भने, ‘अब यसलाई थप क्षमता बढाउने पनि सोच हाम्रो छ।’
वीरगन्जमा अक्सिजन बैंक : वीरगन्ज महानगरपालिकाले लायन्स क्लब इन्टरनेसनलसँगको साझेदारीमा मंगलबारदेखि अक्सिजन बैंक सञ्चालनमा ल्याएको छ। अक्सिजन अभावका कारण जीवन जोखिममा रहेका नागरिकका लागि निःशुल्क वितरण गर्न लागिएको नगर प्रमुख विजयकुमार सरावगीले बताए।
लायन्स क्लब अफ इन्टरनेसनलका पूर्वनिर्देशक सञ्जय खेतानका अनुसार घरमै आइसोलेसनमा रहेका संक्रमितको जीवनरक्षाका लागि आवश्यक पर्ने औषधि, अक्सिजन र त्यसमा लाग्ने किटसमेत निःशुल्क रूपमा अक्सिजन बैंकबाट वितरण गरिनेछ।
वीरगन्जका अस्पतालमा भर्ना भएका संक्रमितका लागि पनि अस्पतालमा सहज रूपमा अक्सिजन व्यवस्था नभए अक्सिजन बैकबाट निःशुल्क रूपमा अक्सिजनको सिलिन्डरसहित त्यसमा लाग्ने किट उपलब्ध गराइने नगर प्रमुख सरावगीले वताए। अक्सिजन प्रयोगपछि पुनः वीरगन्ज महानगरपालिकाको अक्सिजन बैकमा सिलिन्डर फिर्ता गर्नुपर्ने सर्त राखिनेछ।
वीरगन्जमा अस्पतालमा बेड नपाएर ७ सय ९८ संक्रमित होम आइसोलेसनमा छन्। तीमध्ये कतिपयको अवस्था जटिल बन्दै गएकाले अक्सिजनका लागि आफन्तले हारगुहार मागिरहेका छन्।
घरमै रहेका संक्रमितको अवस्था बुझ्न हरेक वडा कार्यालयमार्फत प्यारामेडिकल सहितको स्वास्थ्यकर्मी परिचालन गरिएको सरावगीले वताए। वीरगन्जकै नेसनल अक्सिजन इन्डस्ट्रिजले तीन दिनअघि महानगरपालिका कार्यालयलाई १ सय ५० सिलिण्डर अक्सिजन निःशुल्क उपलब्ध गराएको थियो। अन्नपुर्ण पोस्टमा खबर छ।