नेपालगन्जको भेरी अस्प’तालमा कार्यरत ७० जना स्वास्थ्यकर्मी को’रोना भाइ’रसबाट सं’क्रमित भएका छन् । अस्प’ताल प्रशासनका अनुसार अस्प’तालमा कार्यरत सात जना चिकित्सकसहित ७० स्वास्थ्यकर्मी को’रोना सं’क्रमित बनेका हुन् ।
सं’क्रमित हुनेहरुमा ओटी, इमर’जेन्सी, पारामेडिक र आईसीयूमा कार्यरत स्वास्थयकर्मी छन् । सात जना चिकित्सक भने इमर’जेन्सी वार्डमा कार्यरत हुन् । स्वास्थ्यकर्मीहरु सं’क्रमित भए पनि उनीहरुलाई अस्प’तालमा नराखिएको अस्प’तालका प्रमुख डा. प्रकाश थापाले जानकारी दिए ।
उनका अनुसार बिरामीले समेत बेड नपाइरहेका बेला स्वास्थ्यकर्मीलाई अस्प’तालमा राख्दा बेड अभाव हुने भएकाले उनीहरुलाई नराखिएको हो । हाल उक्त अस्प’तालमा करिब चारसय स्वास्थ्यकर्मी कार्यरत छन् । को’रोनाका बि’रामीका लागि दुई सय बेड बनाइएको छ । यस्तै, उपचारमा थप सम’स्या नहोस् भनेर सामान्य बिरा’मीलाई भर्ना लिने गरिएको छैन ।
गत वर्ष को’रोना उपचारका लागि छुट्याइएका चिकित्सक तथा नर्सले निरन्तर काम गरिरहेका छन् । सं’क्रमित भएपछि आइसो’लेसनमा बस्ने र निको भएपछि फेरि उनीहरू काममै फर्किने गरेका छन् । अस्प’तालमा भर्ना भएका को’भिडका बिरा’मीमध्ये ६० जना आईसीयूमा छन् भने १० जना भेन्टिलेटरमा छन् । बाँकेमा मंगलबारमात्रै ६ सय ३१ जनामा सं’क्रमण पुष्टि भएको छ ।
अस्प’ताल थप भर्ना लिन सक्ने अवस्थामा छैन । त्यस्तै, नेपालगन्ज मेडिकल कलेज कोहलपुरका ३० जना स्वास्थ्यकर्मी सं’क्रमित छन् । बेड अभावका कारण सबै स्वास्थ्यकर्मी होम आइसोलेसनमा बसिरहेका छन् । नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा हाल ५० जना सं’क्रमित उपचाररत छन् ।
जसमध्ये २८ जनाको स्थिति ग’म्भीर अवस्थामा छन् । उक्त अस्प’तालमा चिकित्सकसहित ५ सय ५० जना स्वास्थ्यकर्मी कार्यरत छन् । कोहलपुरमा हाल १ सय ५० बेडको को’भिड वार्ड बनाइएको छ भने अक्सिजनसहित सय बेड छन् । दुई दिनभित्र अस्प’तालमा २ सय ५० बेड पुर्याउने गरी काम भइरहेको अस्प’तालले जानकारी दिएकाे छ ।