चीनबाट ल्याइएको भेरोसेल खो’प बुधबार (आज)सम्म दुईलाख ४३ हजार जनाले लगाएका छन् । खोप विभाग प्रमुख डा. झलक गौतमका अनुसार वाग्मती प्रदेशका विभिन्न खो’प केन्द्रबाट दुई लाख ४३ हजारले खोप लगाएका हुन् ।
पहिलो प्राथमिकतामा चीनमा अध्ययन गरेर आएका तथा चीन जान लागेका विद्यार्थी, आयात निर्यातमा संलग्न व्यापारी फलफूल तथा डेरी व्यावसायीलाई दिएको खो’प गत आइतबारदेखि १८ देखि ५९ वर्ष उमेरका सबैलाई दिइएको थियो । काठमाडौंका सशस्त्र प्रहरी अस्प’ताल, र्कीतिपुर अस्प’ताल र निजामती कर्मचारी अस्प’ताल, परोपकार प्रसूति गृह तथा स्त्रीरो’ग अस्प’ताल थापाथली, नेपाल मेडिकल कलेज, अत्तरखेल, काठमाडौं मेडिकल कलेज, सिनामंगल र हिमाल अस्प’ताल, ज्ञानेश्वरबाट खो’प लिन सकिन्छ ।
यस्तै निजामती कर्मचारी अस्प’ताल, सशस्त्र प्रहरी अस्प’ताल, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रमा चार दिनसम्म खो’प लगाउनेको भीड लागेको थियो । नेपालमा हालसम्म ४ लाख २९ हजार जनाले दुवै डोज (कोभिसिल्ड) खोप लगाएका छन् भने करिब १६ लाख नागरिकले पहिलो डोज खो’प लगाइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ । अवस्था हेरेर निषेधाज्ञाको समयमा खोप दिने/नदिने निर्णय आज साँझसम्म गरिने डा. गौतमले बताए ।